विकास निर्माणको कामले फड्को मार्दै छ: अध्यक्ष बहडखेर

विकास निर्माणको कामले फड्को मार्दै छ: अध्यक्ष बहडखेर

कविता पोखेल
माघ २३, तिरहुन गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि मुलुकको केही स्थानीय तहहरुको विकास निर्माणको कामले गति लिएसँगै आमुल परिवर्तन छाएको छ । यिनै, स्थानीय तहहरु मध्ये सप्तरी जिल्लाको तिरहुन गाउँपालिका पनि एउटा गतिलो उदाहरण हो । विकसित गााउँपालका निर्माणको लक्ष्य सहित अगाडी बढी रहनु भएका पालिकाका, अध्यक्ष मेहेन्त कुमार बहडखेरको विकासका योजनाको रणनिति र त्यसको कार्यान्वयन पनि वास्तवमै अनुकरणीय नै छ ।

पालिकाले आम सर्वसाधारण जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने लक्ष्य राखेको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । एक घर एक धारा खानेपानीको रणनिति अपनाउदैं प्रत्येक टोलटोलमा खानेपानीको व्यवस्था गर्दै आएको छ ।

यस्तै, शैक्षिक क्षेत्र अन्तगर्त पालिकाको सम्पूर्ण आधारभुत विद्यालहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गर्नुका साथैं विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गर्दै शैक्षिक क्षेत्रमा पनि उक्तिकै प्रगती गरेको देखिन्छ । कृषि क्षेत्रमा किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन तिवरण गर्नुका साथैं पशुपालनमा विशेष प्राथामिकता दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा पालिकाले आम नागरिकहरुलाई सचेतना गरेको थियो । बाहिरबाट आउनेहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न ५ शैयाको कोरोना अस्पताल निर्माण गरेको पालिकाका, अध्यक्ष बहडखेरले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्