विकासले गति लिदैं म्याङलुङ नगरपालिका

विकासले गति लिदैं म्याङलुङ नगरपालिका

कविता पोखरेल
माघ २०, म्याङलुङ नगरपालिका । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिकामा विकासको कामले गति लिएको छ । निर्माण भएका सडकलाई फराकीलो बनाउने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भइरहेको नगरका, नगर प्रमुख संजय कुमार तुम्वाहाङफेले बताउनु भयो । पालिकाको सबै वडामा सडक निर्माण गर्ने कार्य भइरहेको छ । यो सडक निर्माण भए पछि यात्राको लागि सहज हुनेछ ।

यस्तै, नगरले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता हटेको अवस्था छ । नगरले सबै आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गर्नुका साथै विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ ।

कृषि क्षेत्र अन्तगर्त किसानहरुलाई विभिन्न उन्नतको विउ विजन वितरण र पशुपालनमा जोड दिएको छ । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षको अबधिमा नगरलाई समृद्धिको उचाईमा पु¥याउनको लागि नगरका, नगर प्रमुख तुम्वाहाङफेको विकासका योजना र त्यसको कार्यान्वयन पनि उक्ति कै अनुकरणीय नै छ । विश्वव्यापी रुपमा फैलिएको महामारी संक्रमण रोकथामको लागि नगरले आम नागरिकहरुलाई सतर्कता अपनाएको थियो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्थापन गरेको नगरका, नगर प्रमुख तुम्वाहाङफेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्