विकासले गति लिदैं दंगीशरण गाउँपालिका

विकासले गति लिदैं दंगीशरण गाउँपालिका

कविता पोखरेल
माघ २२, दंगीशरण गाउँपालिका । दाङ जिल्लाको दंगीशरण गाउँपालिकामा भौतिक पूर्वाधारको कामले तिव्रता पाएको छ । पालिकाको सम्पूर्ण वडामा सडक निर्माण पछि कालो पत्रे गर्ने काम सम्पन्न भएको पालिकाका, अध्यक्ष भागिराम चौधरीले भन्नुभयो । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा खानेपानीको सुविधा पु¥याउनको लागि कार्यन्वयनको काम अघि बढी सकेको छ ।

आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्य भएको छ । शैक्षिक क्षेत्र अन्तगर्त पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गरी विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ ।

यस्तै, पालिकाले सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्नुका साथैं खरको छानो मुक्त गाउँपालिका बनाउने योजना भइरहेको अध्यक्ष चौंधरीले बताउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा पालिको संक्रमण न्यूनीकरणको लागि पालिकाले आम जनताहरुलाई सचेतना गराएको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको पालिकाका, अध्यक्ष चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्