विकसित मेलम्चीको सपना साकार पार्न कटिवद्ध मेयर अर्याल

विकसित मेलम्चीको सपना साकार पार्न कटिवद्ध मेयर अर्याल

असोज १, काठमाडौं । समृद्धिको आधार – कृषि , उद्योग पर्यटन र जलाधार भन्ने मुल नाराको साथ अगाडि बढिरहेकोे नगरपालिका हो, मेलम्ची नगरपालिका । यस नगरका नगर प्रमुख हुनुहुन्छ डम्बर बहादुर अर्याल । असोज १ गते चीन भ्रमणको अवसर पारेर काठमाडांै आउनुभएका मेयर अर्यालले असल संञ्चारसँग अन्र्तक्रिया गर्दै नगरको समग्र विकास र गतिबिधिमा योजनाबद्ध रुपमा अगाडी बढिरहेको बताउनु भएको छ ।


नेपाल एक कृषिप्रधान देश हो । नगरको विकासको लागि परम्परागत कृषि क्षेत्रबाट मात्र सम्भव देखिदैन त्यसकारण नगरले आधुनिक कृषि प्रणाली अपनाउनु जरुरी रहेको मेयर अर्यालको भनाई छ । कृषि क्षेत्रको विकासलाई थप उचाईमा लैजान नगरले अनुदानमा ट्याक्टर वितरण गरेको छ जसको कारण कृषकहरुलाई खेति गर्न सहज पनि भएको छ । साथै धान चुटने मेशिन , गहुँ र मकै छोडाउने मेशिन वितरण पनि नगरले गरिरहेको छ । किवि खेतिको पकेट क्षेत्रको रुपमा स्थापित यस नगरपालिकामा तरकारी खेति पनि प्रशस्त मात्रामा हुने गरेको छ । साथै, पशुपालनको लागि पराल काटने मेशिन वितरण पनि गरिएको छ । सडक सञ्जालबाट नगर र वडालाई जोडेर बाह्रै महिना सवारी चल्ने सडक पनि निर्माण गरिएको छ ।
पर्यटकिय दृष्टिकोणले पनि मेलम्ची समृद्ध नगर हो । यस नगरमा फडकेश्वर महादेवको मन्दिर , गुफाडाँडा , धौलेश्वर महादेवको मन्दिर , भोटेचौरको चिया उद्योग , चिसापानि जस्ता महत्वपुर्ण स्थानहरु रहेका छन् । नयाँ पदमार्गहरुको पनि पहिचान गरि जिपिएस प्रविधिमा अगाडि बढाइएको पनि नगर प्रमुखले बताउनु भएको छ ।
समग्रमा नगरको विकासको लागि योजनावद्ध रुपमा अगाडि बढि रहनु भएका नगर प्रमुख अर्याल विकसित र समृद्ध मेलम्ची निर्माण गर्न केन्द्र र प्रदेश सरकार तथा आम नागरिकको सक्रिय सहयोगको आवश्यकता महशुस गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्