वाचा पुरा गर्दै पाँचखाल ८ का वडा अध्यक्ष

वाचा पुरा गर्दै पाँचखाल ८ का वडा अध्यक्ष

काठमाडौं । राजधानी नजिकको पाँचखाल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता सन्जय तामाङले गत साता असल सञ्चारसँगको अन्तरक्रियामा वडालाई समृद्ध बनाउन आपूmले शिक्षा , स्वास्थ्य , खानेपानी, सडक, पशुपालन लगायतका क्षेत्रमा काम गरिरहेको बताउनुभएको छ ।
उहाँले निर्वाचन ताका गरेको वाचा अनुरुप “एक घर एक धारा” को अभियान करिब अन्तिम चरणमा रहेको र पहिलेको तुलनामा स्थानीय नागरिकहरुले सहजै खानेपानीे प्राप्त गरिरहेको उहाँको दाबी छ । उहाँले निरन्तररुपमा गुणस्तरिय शिक्षाका लागि पनि वडामा काम गरिरहेको देखिन्छ । भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण भई पठन पाठन सुचारु गरिएको छ भने आधारभुत तहलाई विशेष जोड दिएको उहाँको भनाई छ । अंगे्रजी माध्यममा अध्यापनको सुरुवात र बालबालिकाहरुलाई दिवा खाजाको पनि व्यवस्था गरिएको छ ।
पूर्वाधार विकास अन्तर्गत चिसापानी सडक खण्डलाई ९ चौंडा बनाउने र ग्राभेल गर्ने कार्य पनि सम्पन्न भएको छ ।
विशेष आर्थिक क्षेत्र अन्तर्गत यस वडामा भवन निर्माणको काम अगाडि बढेको छ । यसबाट पनि वडावासीहरुलाई भविष्यमा सकरात्मक प्रभाव पर्ने देखिन्छ ।
बिपन्न परिवारको आर्थिक स्थिति सुधारका लागि उन्नत जातका बाख्रावितरण लगायतका अन्य कार्यक्रमहरु पनि भईरहेका छन् । वडा अध्यक्ष तामाङले अन्य वडामा पनि विकासका कामहरुमा साथ दिइरहनु भएको छ । कृषिमा पनि वडावासीको सहजतालाई विशेष ध्यान दिएर काम गरिएको देखिन्छ । योजना बनाएर वडावासीको लागि काम गर्न अघि बढेका वडा अध्यक्षलाई उज्यालो नेपाल लगायतका संस्थाहरुले पनि सहयोग गरिरहेका छन् । वडाको विकास गर्न नगर,प्रदेश,केन्द्र, दातृ निकाय र नागरिक एकतावद्ध भएर अगाडि बढ्नु पर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्