वाँफिकोट गाउँपालिका कोरोना भाईरसलाई रोकथाम र नियन्त्रण गर्न प्रयासरत छ: अध्यक्ष के.सी

वाँफिकोट गाउँपालिका कोरोना भाईरसलाई रोकथाम र नियन्त्रण गर्न प्रयासरत छ: अध्यक्ष के.सी

कविता पोखरेलर/रतन वि.क
मंसिर २९, वाँफिकोट गाउँपालिका

रुकुम जिल्लाको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्म बहादुर के.सीले विश्वभरी फैलिरहेको कोरोना भाईरसलाई रोकथाम गर्न विभिन्न प्रयास गरिरहेको बताउनु भएको छ ।

कोरोना भाईरस (कोभिड १९) को जोखिम अझैपनि उच्च रहेकाले यसलाई नियन्त्रण गर्न गाउँपालिकाले विभिन्न प्रयास गरिहेको उहाँले जानकारी दिनुभयो । कोरोनाबाट बच्नका लागि गाउँपालिकाले क्वारेन्टाइनको व्यवस्थापन, विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण जनचेतानाका कार्यहरु लगाउतको विभिन्न कार्यहरु गरिरहेको छ ।

उहाँका अनुसार गाउँपालिकाले ६ वटा समुदायीक स्वास्थ्य भवन निर्माण गर्ने योजनाका साथ निर्माण कार्य अघि बढाएको छ । जसमध्ये ३ वटा भवन निर्माण कार्य सम्पन्न भइसकेको र वाकी ३ वटा निर्मााधिण चरणमा रहेका छन ।

स्वास्थ्यका साथसाथै शिक्षा क्षेत्रमा पनि गाँउपालिकाले उल्येख्य प्रगती गरेको छ । यस्तै कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा विकास गर्ने गुरु योजनाका साथ आफु अग्रसर भएर लागेको अध्यक्ष के.सीले बताउनुभयो । बिभिन्न विद्यालयहरुमा शिक्षकको दरबन्दीको व्यवस्था गरिएको छ । यस्तै सडक पुर्वाधारलाई पनि बढाउदै लैजाने गाउँपालिकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्