वडामा कोरोनाको त्यति असर छैन तर सावधानी अपनाएका छौंः वडाध्यक्ष कार्की

वडामा कोरोनाको त्यति असर छैन तर सावधानी अपनाएका छौंः वडाध्यक्ष कार्की

जुँगु, दोलखा । महमारीको रूपमा विश्वरभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि भयानक रूप लिइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तिनै तहको सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले गौरीशंकर गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष झलक कार्कीलाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ । उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थासम्म कोरोनाको त्यस्तो प्रभाव परेको छैन । १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो सो व्यक्ति गााउँपालिकामै खानेपानी कार्यालयमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो । हाम्रो वडा शहर बजार नभई गाउँ भएकाले त्यति कोरोनाको असर छैन ।’

संक्रमण फैलिन नदिन वडाले विदेशबाट आउने व्यक्तिहरूलाई पि.सि.आर रिर्पोट भएमा होम क्वारेन्टाइनमा राख्ने गरेको छ र यदी नभएमा गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको कार्कीले बताउनुभयो । कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले सुचना निकाल्नुका साथसाथै टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो ।

कोभिड १९ ले गर्दा सोचेजस्तो कामहरू हुन नसकेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महामारीले गर्दा निकै गाह्रो भएको छ सोचे अनुसारका कामहरू हुन सकिरहेको छैन । सम्पूर्ण कामहरूको योजना बनिसकेको छ । सबै काम दशैपछि अघि लाने तयारीमा छौं ।’ उहाँले सम्पूर्ण नेपालीलाई कोरोनाबाट बच्न राज्यले भनेबमोजिमका नियमहरू अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्