लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्दै गौर नगरपालिका

लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्दै गौर नगरपालिका

रचना तिमल्सिना
पौष २९, गौर नगरपालिका । रौतहट जिल्लाको गौर नगरपालिकामा लोकसेवा पढ्न चाहनेहरुको लागि निःशुल्क कक्षा सञ्चालन गरेको छ । उक्त कक्षा सञ्चालन भए पश्चात नगरका धेरै विद्यार्थीहरु लगायत अन्य व्यक्तिहरुको लागि सनौलो अवसर भएको र यसबाट लोकसेवा तयारी गर्नेहरुले निकै लाभ प्राप्त गर्ने नगर प्रमुख अजय कुमारको गुप्ताको विस्वास छ ।

यस्तै, नगरमा आफु निर्वाचित भए पश्चत चौतर्फी रुपमा विकास निर्माण कार्य भएको नगर प्रमुख गुप्ताले भन्नुभयो । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको नगर प्रमुख गुप्ता बताउनु हुन्छ । नगरलाई सुन्दर स्वच्छ र हरियाली पर्वद्धन गर्नको लागि वृक्षरोपन गर्नुका साथै सभ्य समाज निर्माणको लागि जनप्रतिनिधि देखि आम जनताहरु लागि परेको उहाँको भनाई छ ।

स्थानीय स्तरमै नागरिकहरुलाई सिपमुलक तालिम पश्चात रोजगारीको प्रदान गर्ने कार्य समेत भएको गुप्ताले बताउनु भयो । उहाँले भन्नुभयो, नगरमा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण राकथामको लागि टोलटोलमा गई विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सतर्कता अपनाएको गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्