निरन्तर जारी छ, लकडाउनमा फसेकालाई तामाकोशीका यूवाहरुको राहत अभियान

निरन्तर जारी छ, लकडाउनमा फसेकालाई तामाकोशीका यूवाहरुको राहत अभियान

काठमाडौं । कोराना भाईरसका कारण राजधानी काठमाडौंमा फसेका दोलखा जिल्ला तामाकोशी गाउँपालिका स्थायी घर भएकाहरुलाई सोही गाउँपालिकाका यूवाहरुले राहत वितरण गरेर सहयोग गरिरहेका छन् । एक महिना भन्दा बढि समयदेखि कडा लकडाउनको सामना गर्नु पर्दा खानेकुरा र रकम अभाव भएपछि समस्यामा परेका नागरिकहरुलाई चामल, दाल र तेल सहयोग गरिएको र यो क्रम विगत एक सातादेखि नै जारी रहेको तामाकोशी–५, का भुवन केसीले जानकारी दिए ।
केसीका अनुसार तामाकोशी–५, का प्रकाश भट्टराई सहित ४ नं. वडाका रविन खड्का, रुपक खड्का, सुरज खड्का र इकेश खड्काका सक्रियतामा राहत वितरण कार्यक्रम निन्तर अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्