रामनगर गाउँपालिकामा बेटी बचाउ बेटी पढाउ अभियान गर्दै छात्रवृद्धी वितरण

रामनगर गाउँपालिकामा बेटी बचाउ बेटी पढाउ अभियान गर्दै छात्रवृद्धी वितरण

रचना तिमल्सिना
माघ ५, रामनगर गाउँपालिका । सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा बेटी बचाउ बेटी पढाउ अभियान सञ्चालन गरी पालिकाको सम्पूर्ण विशेष गरी छोरी चेलीहरुको लागि छात्रवृद्धी वितरण गरेको अध्यक्ष कृष्ण प्रसाद बर्माको भनाई छ ।

सो अभियानले पालिकाको सबै छोरी चेलीहरुलाई राहत राहत पुग्ने अध्यक्ष बर्माले भन्नुभयो । वर्तमान परिपेक्ष्यमा पनि नारीहरु सुरक्षित नरहेको हुनाले पालिकाले बेटी बचिाउ बेटी पढाउ अभियान सञ्चालन गरी सबै नागरिकहरु सामु चेतनाको अभिवृद्धि गराएको अध्यक्ष बर्माको दाबी छ । स्थानीय सरकारको व्यवस्थापन पछि यस पालिकामा विकास निर्माणको काम पनि चौतर्फी रुपमा भइरहेको अध्यक्ष बर्माले जनाउनु भयो ।

सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य क्षेत्रमा तिव्र गतिमा विकासको काम भएको उहाँले बताउनु भयो । पालिकाले विजसली बक्तिको काम अन्तिम चरणमा पुगेको छ । अधिकांश धर धुरीहरुमा विजुली पुगि सकेको र नपुगेको ठाउँहरुमा पनि चाँडै विजुली बत्ति पुग्ने अध्यक्ष बर्माको विस्वास छ

। यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले महामारीको समयमा यस पालिकाले टोलटालेमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सर्तकता अपनाएको अध्यक्ष बर्माले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइन र होम आइसोलेशसन राख्ने व्यवस्था गरेको थियौं अध्यक्ष बर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्