रामेछाप बस दुर्घटना: २ को मृत्यु,१५ घाइते (मृतकको नाम सहीत)

रामेछाप बस दुर्घटना: २ को मृत्यु,१५ घाइते (मृतकको नाम सहीत)

पुष्कर खड्का, रामेछाप : रामेछापको लखनपुरमा बस दुर्घटनामा हुदा २ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएको अरनिको सगरमाथा काउन्टर काठमाण्डौले जनाएको छ ।

कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गरे । उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । डीएसपी भट्टराईका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा गंगा गौतम (लखनपुर) रिष्ठे, मिलन बराइली धादिङ (डेन्टल) कृष्णबहादुर चौंलागाई (तिमाल डाँडा), तिर्थप्रसाद गौतम रिष्ठे, राम तामाङ मकवानपुर, रमा देवी गौतम, चिनीमाया तामाङ तिमालडाँडा, बसुन डोल्मा तामाङ कामागाउँ, सन्देश बराईली धादिङ, शान्ता योञ्जन, काठमाडौं, दर्गा बराईली धादिङ, सम्झना गुरुङ धादिङ, प्रकृति दवाडी धादिङ रहेका छन् । घाइतेहरुको उपचार धुलिखेल अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ । घट्नास्थलबाट घाइतेहरुको उद्धार गर्नका लागि हेलिकोप्टरको माग गरेपनि रातको समय भएकोले हेलिकोप्टरबाट उद्धार गर्न गाह्रो भएको थियो । उनीहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घट्नामा ५ जना स्वास्थ्यकर्मी समेत रहेका थिए । चिकित्सकको टोली स्वास्थ्य शिविरमा सहभागी हुन त्यसतर्फ गएका थिए । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको डीएसपी भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्