रामेछापमा बन्दको प्रभाव: विप्लव कार्यकर्ताले ट्रिपर जलाए,काठमाण्डौ जाने आउने यातायात ठप्प

रामेछापमा बन्दको प्रभाव: विप्लव कार्यकर्ताले ट्रिपर जलाए,काठमाण्डौ जाने आउने यातायात ठप्प

रामेछाप । विप्लव माओवादीले आह्ववान गरेको बन्दको प्रभाव रामेछापमा पनि परेको छ । जिल्लाको मन्थली नगरपालिका–६ हात्तीटारमा विप्लप समुहले सोमबार बिहान ट्रिपर जलाएको छ । खुर्कोटबाट मन्थली जाने क्रममा ना ८ ख ३७७० नम्बरको ट्रिपरमा आगो लगाएको हो । आगलागीबाट ट्रिपर जलेर ध्वस्त भएको छ ।बन्दको अबज्ञा गरेको भन्दै उनीहरुले टीप्परमा आगजनी गरेका हुन ।

आज बिहान साढे २ बजे हात्ती टारमा ट्रिपरका ड्राइभरलाई झारेर आगो लगाइएको पाइएको छ ।’जिल्ला प्रहरीकार्यालय रामेछापका प्रवक्ता शेष अदालतले भने। बिहानै ट्रिपरमा आगजानी भएपछि मन्थलीबाट राजधानी काठमाडौं जाने आउने यातायात चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्