रामेछापमा पर्यटकीय संभावानाको स्थल: जटापोखरी, प्रचारको अभावले ओझेलमा

रामेछापमा पर्यटकीय संभावानाको स्थल: जटापोखरी,  प्रचारको अभावले ओझेलमा

पुष्कर खड्का, रामेछाप/ नेपाल प्रकृतिको धनि सुन्दताले भरिपूर्ण देश हो। याहाँको मनोरम दृश्यलाई रसपान गर्न चाहानेहरुको संख्या अत्याधिक छ, उक्त मनोआकांक्षालाई हरपल हाम्रा प्रकृतीले यथेस्ट मात्रमा स्वर्णिम रुपले मनोरञ्जन दिईराखेका छन। यस्तै अदृश्य रुपमा रहेको अत्यन्तै प्रकृतिक सुन्दरताले भरपुर साथै धार्मीक आस्थाको उच्च केन्द्रबिन्दुको रुपमा रहेको रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा अवस्थित  जटापोखरी र पाँचपोखरी जुन खिम्ति खोलाको मुहान हो।

जटापोखरी र पाँचपोखरी क्षेत्रलाई स्वर्गको एक टुक्रा भने पनी फरक नपर्ला । कीनकी याहाको दृश्य नै त्यस्तै छ । प्रकृतिको वरदानको रुपमा रहेको सो क्षेत्र उचि प्रचार र पुर्वधारको अवभावमा ओझेलमा परेको छ । तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको सिरमा रहेको पाँच पोखरी र जटापोखरी धार्मीक पर्यटनको हिसावले प्रख्यात मानिन्छन् ।

किन जाने त जटापोखरी क्षेत्र

यो स्थान अति नै रमणिय भएतापनी मानिसहरु वर्षमा एक पटकमात्र धार्मिक भावानाले अभिप्रेरीत भएर जाने गरेको पाईन्छ। भनिन्छ याँहा आएपछि  सम्पुर्ण मनोआकांक्षाहरु पुरा हुने जनबिश्वास छ। उत्त स्थानमा खासगरेर भाद्र महिनाको जनैपुर्णीमाको अवसरमा भब्यरुपमा मेला लाग्ने गर्दछ। यस अवसरमा आसपासका क्षेत्र लगायत  काठमाडौ, तराई र अन्य स्थानबाट तिर्थालुहरु,भक्तजनहरु आउने गर्दछन। त्यस अवसरमा प्रकृति प्रेमी देखी लिएर तिर्थालु भक्तजन र धर्मका पाराखीहरुको घुईचो लाग्ने उक्तदिनमा बाटो पाई नसक्नुको लामलस्कर हुन्छ।

यो क्षेत्र सितल मनोरम प्राकृतिक दृश्यावलोकन, हिँउ तथा स्केटिङ खेल्न, २० भन्दा बढी जातका गुराँस र चिमलाका फूलहरु अवलोकन गर्न, झरना, हिमताल र कुण्डहरुको रमणीय अवलोकन तथा विभिन्न जडिबुटीको अवलोकन गरि चौँरीगाईसँग खेल्दै उच्च पहाडी क्षेत्रको पदयात्राको लागि उपयुक्त छ । यो क्षेत्रका अवलोकन गरि विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेसद्वार नाम्चे निस्कने बाटो पनि भएकोले यसको अझ महत्व छ ।

तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको शिरमा रहेको पाँच पोखरी र जटापोखरी धार्मिक पर्यटनको हिसाबले प्रख्यात छ । नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटा पोखरी भनिएको स्थानीय बताउँछन् ।

पाँच पोखरी भने जटापोखरी भन्दा पनि माथि छ । जटापोखरीको ठ्याक्कै माथि रहेको पाँच पोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ । एउटै पोखरीमा बिचबिचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई ५ वटा कुण्डमा विभाजन गरेको छ । यो पोखरीबाट निस्किएको पानी जटा पोखरीमा झर्छ । जटापोखरीबाट खिम्ति खोलामा । दुवै पोखरीबाट अनवरत रुपमा पानीका मुश्ला निस्कन्छन् तर पानी कहाँबाट निस्किन्छ थाहा हुन्न । पाँचपोखरी र जटापोखरी भन्दापनि अघि बढ्न चाहनेहरु उमाकुण्ड गाउँपकालिकाको भुत पोखरी, बहुलाहा पोखरी लगायतका कुण्डहरुमा अघि बढ्न सक्छन् । नचाहनेले यात्रा त्याहीँ टुङ्ग्याएर फर्कन पनि सक्छन् । यो क्षेत्रको यात्रा चैतदेखि भदौ महिनासम्म गर्न सकिन्छ ।

रस्नालुबाट नै सुरु हुने उच्च पहाडी क्षत्रेको हावापानी, वनस्पती, जडीबुटी र छाँगा छहराहरुले यात्रीहरुको मन पुलकित बनाउँछ । राणाकालमा नै सञ्चलानमा आएर बन्द भएको नेपालकै सबैभन्दा गुणस्तरीय र दोस्रो ठूलो फलाम खानी सञ्चालन भएको स्थान ठोस बजार पुग्दा एक पटक हाम्रा पुर्खालाई सलाम गर्न एकाएक हात उठ्छ ।

त्यसपछि केही समयको खिम्ती खोला किनारै किनारको बसयात्रा पछि उच्च पहाडी क्षेत्रको विशाल फाँट गर्जाङ् पुग्दा यात्रीहरुको मन पनि त्यो फाँट जस्तै फुलेर विशाल हुन्छ ।
गर्जाङ्बाट दुई घण्टाको पैदलयात्रा पछि पुगिन्छ, चुचुरेको खहरे । त्यो जटापोखरी–पाँच पोखरी जाने मार्गको अन्तिम मानव वस्ती हो । त्यसपछि सुरु हुन्छ, ठाडो उकालो यात्रा । लेकको चिसो मौसम र मनोरम दृश्यले त्यो उकालोमा हिँड्दा न त गर्मी हुन्छ न थकाई नै लाग्छ । तर लेक चढ्ने बानी नभएकालाई भने लेक लाग्ने डर हुन्छ । त्यसैले यो यात्रामा मकैको सातु र लसुनको पोटी अनि अकबरे खुर्सानी भने छुटाउन हुँदैन ।

मकैको सातु र लसुनको पोटीले लेक लाग्न दिँदैन । अनि अकबरे खुर्सानीले चिसोमा शरीरलाई तातो बनाउँछ । करिब ६ घण्टाको ठाडो उकालो पैदल यात्रा पछि मानेडाँडा पुगिन्छ । डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरो भित्र लुकामारी गर्दै चरिरहेका चौरीलाई देखेपछि त्यहाँसम्म पुग्दाको थकान एक्कै छिनमा मेटिन्छ । अझ चौंरी गोठका शेर्पा परिवारले पाहुनाहरुलाई सत्कार गर्दै खुवाउने चौरीको दुध, दही, मोही अनि चिज र छुर्पीले मन रसाउँछ ।

मानेडाँडाबाट दुई घण्टाको दुम्स्याईलो बाटो पार गरेपछि पुगिन्छ स्वर्गको एक टुक्रा अर्थात् जटापोखरी । दोलखा र रामेछापको सीमाना भएर बग्ने खिम्ती खोलाको शीर त्यति सानो साँच्चै खिम्ती खोलालाई त फड्केरै तर्न सकिन्छ । खिम्ती तरेपछि पुगिन्छ, जटापोखरी । चार हजार २ सय ५० मिटरको उचाईमा रहेको जटापोखरी एउटा हिमताल नै हो । यहाँ वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्र हिउँ पग्लन्छ । नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटा पोखरी भनिएको स्थानीय बताउँछन् ।

पाँच पोखरी अझ त्यो भन्दा पनि माथि छ । जटापोखरीको ठ्याक्कै माथि रहेको पाँच पोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ । एउटै पोखरीमा बिचबिचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई ५ वटा कुण्डमा विभाजन गरेको छ । यो पोखरीबाट निस्किएको पानी जटा पोखरीमा झर्छ । जटापाखरीबाट खिम्ति खोलामा । अनि यही शिर बनाएर पवित्र खिम्ती खोला सुसाउँदै बग्छ ।

पाँचपोखरी र जटापोखरी भन्दापनि अघि बढ्न चाहनेहरु उमाकुण्ड गाउँपकालिकाको भुतपोखरी, बहुलाहा पोखरीलगायतका कुण्डहरुमा अघि बढ्न सक्छन् । नचाहनेले यात्रा त्याहीँ टुङ्ग्याएर फर्कन पनि सक्छन् । यो क्षेत्रको यात्रा चैतदेखि भदौ महिनासम्म गर्न सकिन्छ । तर जनै पूर्णिमाको दिन भने ठूलो मेला लाग्छ । यो स्थानलाई हिन्दू र बौद्ध धर्मालम्बीहरुको संगमस्थल पनि मानिन्छ । जनपूर्णिमाको दिन मेला भर्न रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुंगा, सोलु, भक्तपुर, सर्लाही मात्र हैन भारतको सिक्किमसम्मका मानिसहरु आउँछन् । अघि पछि जाँदा चौरी गोठमा बास पाइने भएपनि मेलामा जाँदा भने आफू बास बस्ने टेन्टको आफैंले व्यवस्था गर्नुपर्छ ।

ठोसे फलाम खानी

नेपालकै सबैभन्दा गुणस्तरीय दोस्रो ठूलो फलामा खानी ठोसे फलामखानी यही क्षेत्रमा पर्दछ । भोटसँगको युद्धको बेलामा सञ्चालनमा आएको यो फलाम खानी नेपालमा प्रजातन्त्र स्थापना भएपछि पूर्णरुपमा बन्द भयो । यो फलामखानीमा त्यसबेला उत्पादन भएको फलामबाट भोटसँगको लडाईको क्रममा दैनिक ९ नाल बन्दुक बन्थ्यो । अनि घोडाको टाप, गल, गैची, खुकुरी, झायाम्पललगायतका घरेलु हतियार त्यतिबेलै उत्पादन हुन्थे । त्यतिबेल उत्पादन भएको फलामबाट बनेका २ वटा पुल अहिले पनि खिम्ती खोलामा छँदैछन् ।

विभिन्न ३२ स्थानका खानीबाट फलामको धाउ निकाली त्यतिबेला ठोसे बजारमा प्रशोधन गरिन्थ्यो । त्यतिबेला स्विडेनबाट ल्याएका मेशिनबाट फलाम प्रशोधन र हतियार बनाउने काम हुन्थ्यो । यो खानीलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न क्षेत्रबाट अध्ययन भई रहेका छन् । यो खानी सञ्चानलमा आयो भने यी २ वटा पालिका मात्र हैन रामेछाप र सिंगो ३ नं प्रदेशलाई पाल्ने हैसियत राख्छ ।

कसरी जान सकीन्छ त जटापोखरी ?

राजधानी काठमाडौँबाट अरनिको राजमागै हुँदै दोलखाको जिरीसम्मको १८८ किलोमिटर र त्यसपछि २५ किलोमिटर कच्ची सडक पार गरेपछि डेढ दिन उकालो हिडेर बल्ल पुगिन्छ जटापोखरी ।

रामेछापको सदरमुकाम मन्थलीदेखि पाँच पोखरीसम्मको यात्रा ३ दिनमा पुरा गरेर फर्कन भ्याइन्छ भने थप अन्य स्थान घुम्न चाहने र अझ सोलु वा दोलखाको जिरी जान चाहने पर्यटकहरुले आफ्नो यात्राको अवधि एकहप्तासम्म लम्ब्याउन सक्छन् । यो अवधिमा पयदयात्रीले हरेक क्षण नयाँ नयाँ प्रकृतिका उपहारहरु हेर्न र चुम्न पाउँछन् ।

गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाँउपालीका लाई समेट्ने जटापोखरी जानको लागि चुचुरेको खहरेबाट पैदल यात्रा हिँड्नु पर्छ । चुचुरेको खहरेसम्म भने हिउँद र पानी नपरेको बेलामा यातायात चल्छन् । चुचुरेको शिवालायसम्म सदरमुकाम मन्थलीबाट बस सेवा नै सञ्चालनमा छ । रस्नालुबाट नै सुरु हुने उच्च पहाडी क्षत्रेको हावापानी, वनस्पती, जडीबुटी र छाँगा छहराहरुले यात्रीहरुको मन रमाइलो बनाउछ । राणाकालमा नै सञ्चलानमा आएर बन्द भएको नेपालकै सबैभन्दा गुणस्तरीय र दोस्रो ठूलो ठोसे फलाम खानी पनि यहीँ बाटोमा पर्दछ ।

करिव ६ घण्टाको ठाडो उकालो पैदल यात्रा पछि मानेडाँडा पुगिन्छ । डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरो भित्र लुकामारी गर्दै चरि रहेका चौरीलाइ खरहेरमा भेटिन्छ । मानेडाँडाबाट दुई घण्टाको दुम्स्याईलो बाटो पार गरेपछि स्वर्गको एक टुक्रा अर्थात् जटा पोखरी पुगिन्छ । दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलाको सिरमा पुगेर खोला पार गरेपछि जटापोखरी पुगिन्छ । ४ हजार २ सय ५० मिटरको उचाईमा रहेको जटापोखरी एउटा हिम ताल नै हो । जहाँ वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्र हिउँ पग्लन्छ ।

 के छ स्थनीय तहको योजना ?

जनै पूर्णिमाको दिन भने जटा पोखरीमा ठूलो मेला लाग्छ । यो स्थानलाई हिन्दु र वौद्धधर्मालम्बिहरुको संगमस्थल पनि मानिन्छ । जनपूर्णिमाको दिन मेला भर्न रामेछाप , दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुँगा, सोलु, भक्तपुर, सर्लाही मात्र हैन भारतको सिक्किमसम्मका हिन्दु र वौद्धधर्मालम्बिहरु त्यहाँ पुग्ने गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए । यो क्षेत्रलाई धार्मीक तथा पर्यटन क्षेत्रको रुपमा विकास गरी ठाउँठाउँमा होम स्टे तथा भ्यु टावरहरु निर्माण गर्ने योजना बनाएको गोकुलगँगा गाउँपालिका अध्यक्ष सुनुवारले बताए ।

यो क्षेत्र जडिबुटी नै जडिबुटीको भण्डार हो । यहाँका हरेक झारपातमा औषधिको गुण छ । लोडसल्ला, चिराईतो पाखनवेद, ठूलो ओखती, पाँच औले, जटामसी, सुनापति, विषमारलगायतका जडिबुटी अहिले पनि आफैं उम्रदै अनि सड्दै गइरहेका छन् । तिनको उचित व्यवस्थापन गरि बिक्री गर्ने हो भने यहाँका स्थानीय तहले कसैको भर नै पर्नु पर्दन । त्यति मात्र हैन यहाँका बुढा र ढलेका रुखहरु मात्रै बिक्री गर्ने हो भने पनि २ वटा स्थानीय तहलाई वर्षौको विकास खर्च धान्ने उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् ।  यहाँका चौरहरुमा यार्सागुम्बा पनि पाइने स्थानीय शेर्पाहरु बताउँछन् ।

तिनको उचित व्यवस्थापन गरि विक्रि गर्ने हो गाउँपालिका राम्रो आम्दानि गर्ने सम्भावना रहेको छ ।

यस क्षेत्रमा परम्परागत रुपमा चौरीपालन हुँदै आएको छ । ठोसे, चुचुरे, प्रिति, बाम्ती, गुम्देललगायतका क्षेत्रमा परम्परागत रुपमा चौरीपालन गर्दै आएका छन् । यसलाई पकेट क्षेत्रका रुपमा विकास गरी चौरी पालन क्षेत्र घोषणा गर्ने योजना रहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए । यदि यसो गर्ने हो भने स्थानीय साधन, स्रोत र खनिजको प्रयोग गरि आम्दानी त हुन्छ नै यसबाट पर्यटक पनि तान्न सकिन्छ ।

र अन्तमा

प्रचार प्रसार र पूर्वाधार अभावले अझै रामेछापको पर्यटन क्षेत्र ओझेलमा परेको छ ।
जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्र, सङ्घ संस्थालगायत पर्यटनप्रति उदासिन छन् । गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन । पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षाको समेत अभाव छ । पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवा बताउँछन् ।

नेपालमा के छैन ? सब थोक छ । खाँचो छ त केबल त्यसको पहिचान र उपयोग गर्ने इच्छाशक्ति र त्यसको कार्यान्वयनको । यही क्षमताको विकास गर्न सक्ने हो भने नेपाल र नेपालीले कायापलट गर्न सक्छन् । यस्तै आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रलाई राम्रो टेवा पुर्याउने सम्भावना भएको क्षेत्र हो, रामेछापमा रहेको जटापोखरी क्षेत्र ।

प्रतिक्रिया दिनुहोस्