पुष्कर खड्का, रामेछाप । तीनदिनदेखी परेकाे अविरल बर्षा कारण रामेछापमा एक वृद्धा महीलाको ज्यान गएको छ । घर नजिकै रहेको गोठमा भैसीलाई घाँस हाल्न जाने क्रममा गोठको पर्खाल भत्कीएर थिच्दा रामेछाप नगरपालिका–५ रामपुरकी ७० बर्षिय पदम कुमारी सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
पहिरोको कारण ४५ बर्षिय असली सुनुवार पनी घाइते भएकी छिन् । उनको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालत अनुसार साेही गाेठमा एउटा भैसी मरेको र एउटा भैसी घाइते भएको छ । अविरल बर्षाका कारण अहिले जिल्लाको विभिन्न स्थानको सडकहरु अवरुद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्