रामेछापको दोरम्बाकी मृगौला पीडित उर्मिला तामाङले पाउने भईन नयाँ जीवन

रामेछापको दोरम्बाकी मृगौला पीडित उर्मिला तामाङले पाउने भईन नयाँ जीवन

भक्तपुर । आर्थिक रुपले विपन्न रामेछापको दोरम्बा गाउँपालिका वडा ७ निवासी ३५ वर्षीया मृगौला पीडित उर्मिला तामाङले नयाँ जीवन पाउने भएकी छन् । उनलाई उपचारको लागि २१ लाख ८२ हजार ७८८ रुपैयाँ सहयोग प्रदान गरेसँगै उनीले अव नयाँ जीवन पाउने भएकी छन् ।
छोर्वाला काई रेडियो गेताङको ११ औं प्रयास उर्मिला तामाङ बचाउ अभियान अन्तर्गत मृगौला पीडित तामाङको सहयोगार्थ विभिन्न कार्यक्रमबाट उठेको उक्त रकम उर्मिलालाई एक कार्यक्रम बिच भक्तपुरको सूर्यविनायकमा हस्तान्तरण गरिएको हो । तामाङलाई अभियानले पत्रकार सम्मेलन गरी सहयोग हस्तान्तरण गरेको हो ।


दुई वर्षअघि तामाङका दुवै मृगौला फेल भएको चिकित्सकहरुले बताएका थिए । तामाङलाई सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम गरिएको थियो । छोर्वाला काई रेडियो गेताङको ११ औं प्रयासस्वरुप सांस्कृतिक कार्यक्रम, घुम्ती कविता बाचन, तथा देश विदेशमा रहनु भएका विभिन्न सहयोगी मनहरुले सहयोग गर्नु भएको संयोजक सुदिन दोङले जानकारी दिए ।
तामाङलाई सहयोग रकम हस्तान्तरण गर्दै तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले तामाङको उपचारमा थप रकम लाग्ने भएमा थप रकम अझ सहयोग स्वरुप आफू गर्न तयार भएको बताएका थिए । तामाङलाई आर्थिक सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियन्ता दोङले मानवीय सहयोगका अभियानहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने जानकारी दिए ।
विभिन्न देशमा रहेका नेपालीहरु तथा नेपालमा नै रहनु भएका विभिन्न संघ संस्था एवं ब्यक्तिहरुबाट उक्त रकम उठाइएको थियो । उर्मिला बचाउ अभियान अन्तर्गत नै आयोजकले बृहत साँस्कृतिक कार्यक्रम , घुम्ती कविता बाचन कार्यक्रम लगाएत विभिन्न कार्यक्रम गरेको थियो ।
मृगौला पीडित तामाङको भक्तपुर दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । उनलाई उनका श्रीमान्ले मृगौला दिने भएकाले प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको अभियन्ता दोङले जानकारी दिए । पैसाका कारण कोही पनि मर्नु नपरोस भन्दै आफूहरुले उनको उपचारमा लाग्ने सम्पूर्ण रकम उठाएको उर्मिला बचाउ अभियानका सक्रिय अभियन्ता विरेन्द्र विक्रम लामाले जानकारी दिए ।
बचाउ अभियानमा उठेको रकम प्रमुख अतिथि दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिं लामा , विषेश अतिथि तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिब प्रविन बल , समाजसेवी आसमान वाइवा, विनयक दोङ ऋतुराज पाख्रिन, गीतकार कुमार स्याङवा, गायक उत्तर संकुल , गायक अभिषेश लामा, गायक जगत घिसिङ, डीवी दोङ, मिलन थिङ पाराङ, हेमन्त लामा, लगाएतका अतिथिहरुको उपस्थितीमा विरामीलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्