रामेछापको खिम्ती र उमाकुण्डमा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

रामेछापको खिम्ती र उमाकुण्डमा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

पुष्कर खड्का,रामेछाप/रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं.६ खिम्तिका महिलाहरुको लागि सञ्चालन गरिएको ७ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम आइतबार खिम्ति बेसीमा सम्पन्न भएको छ ।
लिखु तामाकोसी गाउँपालिका ६ को आयोजना तथा उषाकिरण महिला कृषि सहकारी संस्थाको समन्वयमा भएको सो तालिमको लीखु तामाकोशि गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सहभागिलाई प्रमाणपत्र वितरण गरेर समापन गर्नु भएको थीयो।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले सिकाई नियमित प्रक्रिया भएकोले यो कहिल्यै पनि नटुङ्गिने बताए । उनले यस्ता कार्यक्रम गाउँपालिकाले निरन्तर सञ्चालन गर्ने बताए । महिलाहरुको सिकाइबाट आफुमा प्रभावित भएको भन्दै गाउँपालिकाले उपलब्ध गराएको सुविधा बाहेक व्यक्तिगत रुपमा प्रति सहभागिलाई आप्mनो तर्फबाट प्रतिव्यक्ति एक हजार रुपैयाँको दरले उनले ३४ हजार रुपैयाँ समेत प्रदान गरे । कार्यक्रमका सहजकर्ताले समेत मेहनतका साथ सहभागिलाई सिकाएको भन्दै व्यक्तितग रुपमा उनले प्रत्साहन भत्ता प्रदान गरे ।
वडा नं ६ का वडाअध्यक्ष शिवप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सो वडाका विभिन्न सहकारी संस्थामा आवद्ध ३४ जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपाका ३ नं प्रदेश सदस्य भोजराज कँडरिया, साविकको खिम्ती गाविसका अध्यक्ष मुकुन्दप्रसाद कँडरिया, गाउँकार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्य शेरबहादुर थापा, मैयाँ भित्रीकोटी, सहजकर्ता नवराज पथिक लगायतले बोल्दै सहभागिलाई सिकेको शिपलाई प्रयोगमा ल्याउन सुझाव दिएका थिए ।
तालिमका सहभागीहरु कल्पना गिरी, सञ्चिता दाहाल र संगिता सुनुवारले तालिमबाट आपूmहरुको सार्वजनिक कार्यक्रममा बोल्ने तथा कार्यक्रमहरु सञ्चालन गर्ने क्षमता विकास भएको बताए । उनीहरुले आयोजकहरुलाई तालिम महत्वपूर्ण भएकोले पुर्नताजकी तालिम सञ्चालन गरिदिन समेत आग्रह गरेका थिए ।
यस्तै रामेछापको उमाकुण्ड गाउँपालिकामा पनी जेष्ठ १५ देखि देखि संचालन भएको पाँच दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
उमाकुण्ड गाउँपालिकाको कार्यालय महिला तथा बालबालिका शाखाले जनप्रतिनिधी र कर्मचारीको क्षमता अभिवृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखाको प्रमुख ऋजु चुकाहा चौधरीको जानकारी दिए ।


कार्यक्रममा जनप्रतिनिधी, गाउँपालिका अन्तर्गत शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुुमार पैकराले बताए ।
उमाकुण्ड गाउँपालिकामा हुने बिभिन्न कार्यक्रममा कार्यक्रम संचालनको लागि बाहिरबाट दक्ष व्यक्ति बोलाउनुपर्ने भएको र महिला जनप्रतिनिधी र कमचारीहरु बोल्न हिच्किचाउने हुँदा तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख चौधरीले उल्लेख गरे ।

तालिम भन्दा अघि आफूहरु आम मानिसको अगाडि गएर बोल्न र औपचारिक कार्यक्रममा कसरी बोल्ने भन्ने समस्या थियो तर तालिम पश्चात आफूहरुलाई सहज भएको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ की वडा सदस्य मनिता सुनुवारले बताइन् ।
तालिममा जनप्रतिनिधी र कर्मचारी गरी २८ जनाको सहभागी रहेको थियो । पाँच दिनसम्म चलेको तालिममा युबराज श्रेष्ठ र उमंग मैनालीले सहजीकरण गरेको शाखा प्रमुख चौधरी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्