रामेछापका गायक सन्देश खड्काको देशभक्ती गित बजारमा

रामेछापका गायक सन्देश खड्काको देशभक्ती गित बजारमा

काठमाण्डौ/ देशमा व्याप्त भ्रष्टाचार, नेताको गलत प्रवृत्तिको विरोधमा रामेछापका गायक तथा मोडल संदेश खड्काले देशमा शान्ती खोइ बोलको गीत लिएर आएका छन ।

बुढासुब्बा डिजिटलले बजारमा ल्याएको सो गीतमा स्वर सन्देश खड्का र प्रकाश लामाको रहेको छ । शब्द र संगीत पनि सन्देश खड्काको रहेको छ । गीतको भिडीयोमा पनी सन्देश खड्का, यशु श्रेष्ठ लगायतले अभिनय गरेका छन । ज्वाला श्रेष्ठद्धारा निर्देशित गीतमा रमेश चौधरीको सम्पादन तथा जितु तामाङको छायांकन रहेको छ ।

उक्त गीतको भिडियोले नेपाली राजनीतीको कारण जनताले भोग्नु परेको दुःख, देशमा बढीरहेको भष्टचार र अशान्ती र नेपालीले भोगीरहेको जीवन संर्घषको विषयलाई प्रस्तुत गरेको छ । संदेश खड्काको अरु धेरै गीतहरु पनि हामी यु ट्युबमा हेर्न सक्छौ । रामेछाप जिल्लाको गोकुल गंगा गाँउपालीका वडा न. ५ नामाडिमा जन्मीएका गायक संदेश खड्काले आफ्नो अर्को नया गीत पनि चाडै युट्युब मार्फत रिलिज हुने बताए । उनका अरु धेरै गीतहरु पनि हामी युट्युबमा हेर्न सक्छौ ।
देशमा शान्ती खोइ बोलको गीतको भिडियो लिन्क

प्रतिक्रिया दिनुहोस्