राजगढ गाँउपालिकाले संविधान दिवस बिविध कार्यक्रम गरी मनाउदै

राजगढ गाँउपालिकाले संविधान दिवस बिविध कार्यक्रम गरी मनाउदै

काठमाडौं । संविधान दिवस २०७६ को अवसरमा सप्तरीको राजगढ गाँउपालिकाले बिविध कार्यक्रमको आयोजना गर्ने भएको छ । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं, घर घरमा दिपावली गरौं ।” भन्ने मुल नाराका साथ गाँउपालिकाले संविधान दिवसमा ३ दिवसीय कार्यक्रम तय गरेको छ ।

पहिलो दिन आज गाँउपालिका स्थित सरकारी तथा गैरसकारी सस्थाहरुमा राष्ट्रियगान बजाउने र सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्थामा साँझ अनिवार्य दीपावली गर्न लगााउने र सर्वसाधरणलई समेत आव्हान गर्ने निर्णय गरेको छ ।

भोली अर्थात असोज ३ गते गाँउपालिकाका सम्पुर्ण बिद्यालयहरु तथा सरकारी तथा गैरसरकारी संस्थाहरुमा नेपालको राष्टिय झण्डा फहराउने, सहिदको आत्माको चिरशान्तिको कामना गर्ने, राजनीतिक दल, पदाधिकारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारणको सहभागितामा राजगढ गाँउपालिकाको कार्यालय वडा नं.३ नघाेमा बृहत कार्यक्रमको आयोजना गर्ने निर्णय गरीएको छ । साथै उक्त दिन गाँउपालिकाका बिद्यालयहरुका बीच वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरीएको गाँउपालिकाका अध्यक्ष परमानन्द यादवले बताउनु भयो ।

अन्तिम दिन असोज ४ गते भने सार्वजनिक स्थल, कार्यालय परिसरमा वृक्षरोपण गर्ने सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्था, आदिमा साँझ अनिवार्य दीपावली गर्ने कार्यक्रम रहेको गाँपालिकाका सूचना अधिकारी चन्द्र किशोर यादव जानकारी दिनुभयो ।

राजगढ गाउँपालिका पुर्बी नेपालको सगरमाथा अन्चल अन्तर्गत सप्तरी जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो | बि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा सप्तरी जिल्लामा झुट्की, बनैनिया, नर्गो,बेल्ही चपेना, फकिरा र मलेकपुर(१-४) गाउँ बिकास समितिहरुलाई राजगढ गाउँपालिका बनाईएको हो| राजगढ गाउँपालिकाको कूल क्षेत्रफल ४७.९ वर्ग कि.मी रहेको छ | यो गाउँपालिका ६ वडा मा विभाजन गरिएको छ | २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,४५९ रहेको छ | यस गाउँपालिकाको सिमाना पूर्वमा छिन्मस्ता र विष्णुपुर गाउँपालिका पश्चिममा डाकनेस्वरी गाउँपालिका उत्तरमा रुपनी गाउँपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ |

प्रतिक्रिया दिनुहोस्