रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं । रवि लामिछानेकी श्रीमती निकिताले भिडियो किर्ते गरेको आरोप लगाउँदै पत्रकार किशोर श्रेष्ठदेखि एसपी दानबहादुर मल्लसम्मलाई किटानी जाहेरी दिएकी छन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्