रबिलाई अदालतको फैसल्ला: पुडासैनी प्रकरण कार्यक्रम चलाउन नपाउने, देश वाहिर जाँदा अदालतको अनुमति

रबिलाई अदालतको फैसल्ला: पुडासैनी प्रकरण कार्यक्रम चलाउन नपाउने, देश वाहिर जाँदा अदालतको अनुमति

काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले उक्त प्रकरणबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई रीहा गर्ने आदेश दिए पनी पुडासैनिको मृत्यु प्रकरण जमेडेर कार्यक्रम चलाउन रोक लगाएको हो । त्यस्तै अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश छ ।

प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसंगको वयान पछि आजै गरिएको थुनछेक वहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख धरौटीमा छाड्ने निर्णय गरेको थियाे । अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको हो।  लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्