यस्तो छ मकवानपुरको मनहरी गाँउपालिकाको अध्यक्ष उप्रेतीको तिहार अनुभव

यस्तो छ मकवानपुरको मनहरी गाँउपालिकाको अध्यक्ष उप्रेतीको तिहार अनुभव

काठमाडौं । प्रदेश ३ अन्र्तगत पर्नै जिल्ला हो मकवानपुर । मकवानपुरका मनहरी गाँउपालिकाको अध्यक्ष हुन एकराज उप्रेती । उहाँले तिहारलाई खर्चिलो र भड्किलो तरीकाबाट मनाउन नहुने साथै तिहार हाम्रो सास्कृतीक पर्व हो र हाम्रो कला संस्कृतीको जगेर्ना गर्दै देउसी भैलौ खेल्नुपर्ने तर देउसी भैलोको नाममा बिकृती ल्याउने खालका कार्यहरू गर्न नहुने बताउनुभएको छ ।

चारैतिर झिलिमिली र हर्षोल्लासको रूपमा मनाइने यस पर्वमा जाँड रक्सि खाने, जुवातास खेल्ने, पटका पड्काउने, अरूको देखासीकी गर्दै आर्थिक स्थितीले नसकेर पनि नचाहिने खर्च गर्ने प्रबृत्तीको अन्त्य गर्दै सद्भाव माया प्रेम को पर्वको रूपमा विकसित गर्नुपर्नै अध्यक्ष उप्रेतीले बताउनुभयो । अन्य पर्वहरूमा भन्दा भिन्नै यस पर्वमा पशुपन्छि, चराचुरूङ्गीहरूमा पनि सद्भाव कायम गर्दै पूजा आरधना गरीन्छ । कागको जस्तै तिक्ष्ण बुद्धी हुने, कुकुरको जस्तै सहयोगी भावना हुनेजस्ता परम्परागत मान्यता पनि रहेको पाईन्छ

अहिलेसम्मको तिहारलाई स्मरण गर्नुपर्दा कुन चै स्मरणयोग्य छ भनेर असल संचारले गरेको प्रश्नमा उहाँको जवाफ ः
घटना २०४६ सालतिरको हो । सबैजना तिहारको रमझममा नै ब्यस्त भईरहेका थिए । हामीहरू पनि तिहारको रमझममै ब्यस्त भएका थियौ । २०४६ साल कात्र्तिक ११ गते लक्ष्मिपूजाको दिन विहानको समयमा जून घटना घट्यो त्यो सम्झीदा आज पनि मुटु भक्कानिएर आउछ । विहानको समयमा हजुरबुबा बाटो क्रस गर्नै क्रममा इन्डियन बसले हानेर रक्सौल दङकन हस्पिटलमा देहान्त भयो । आजपनि लक्ष्मि पूजाको दिनका त्यो कुरा स्मरण हुन्छ । सबैजना तिहारकै रमझममा रमाईरहेको बेलामा हामी भने सव लानको लागि सव वहानको बस कुरेर बसेका थियौ । भाईटिकाको दिनमा पोस्टमार्टम भयो । जिवनका अनेक उत्तारचढावका विच पनि यो कुरा एकदमै दुखद र अविस्मरणीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्