मोरङको लेटाङ नगरपालिकाका प्रमुखको उदाहरणीय काम, स्थानिय भन्छनः मेयर हुनु त शंकर राई जस्तो

मोरङको लेटाङ नगरपालिकाका प्रमुखको उदाहरणीय काम, स्थानिय भन्छनः मेयर हुनु त शंकर राई जस्तो

मोरङ/मोरङ जिल्लाको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आफु निर्वाचित भएर आएसँगै ‘मेरो सुविधा कटाई देउ, नगर बाट फुसको छानो हटाईदेउ’ भन्ने अभियान सञ्चालन गर्नु भयो । यसका लागी आफनो सुबिधाका लागी आएको गाडी किन्ने पैसा समेत नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियानमा खर्च गर्नुभयो । यो अभियान शुरु गरे यता ६५ प्रतिशत घरमा जस्ता हाल्ने काम सकिएको छ । बाँकी ३५ प्रतिशत आगामी आर्थिक वर्षमा सकिने जानकारी उहाँले बताउनु भयो ।

मोरङको उत्तरी क्षेत्रमा अबस्थित लेटाङ नगरपालिकामा ४ सय १९ यस्ता अति विपन्न समुदायको पहिचान गरि जस्ता पाता वितरण कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको समुदाय लक्षित कार्यक्रम अन्र्तगत नगरलाई समृद्द नगरका रुपमा विकास गराउने लक्ष्यका साथ प्रत्येक वडाका वडा अध्यक्षको सहकार्यमा नगरका ९ वटा वडाका प्रति घरधुरी परिवारलाई प्रति परिवार ३५ हजार मुल्य वरावरको जस्ता पाता वितरण गरिएको हो ।

‘मेरो सुविधा कटाई देउ, नगर वाट फुसको छानो हटाईदेउ’ भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता दिन नगर कार्यपालिकाले सुविधा भोगी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडी लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरि जस्तापाता वितरण अभियानको थालनी नगर प्रमुख राईले बताउनु भयो ।

लेटाङ नगपालिकाको ७० प्रतिशत भु–भाग दुर्गम र ३० प्रतिशत मात्र सुगम रहेको छ । अधिकाश परिवारमा रोजीरोटी कै समस्या रहेको हुँदा घर निर्माण भन्दा पनि दैनिकी गर्जो टार्न परिश्रम गर्नेको वाहुल्यता रहेको छ । नगरमा नगर प्रमुखको यो सोच र सपनाले अधिकाश जनताले स्थानिय सरकार भएको प्रत्याभुति गरेर नगर प्रमुखको अभियानलाई सवैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

यो अभियान बुझ्ने र थाहा पाउँने जो कोहीले भनिरहेका छन् मेयर हुनु त शंकर राई जस्तो । देश संघियतामा गएसँगै जनप्रतिनिधिहरुले जनताको सेवा गर्ने नाममा महंगा र बिलासिताका गाडी खरिद गरिरहेको अवस्थामा मेयर शंकर राई भने आफुले पाएको सुविधाको उपभोग नगरी जनताको फुसको छानो हटाउने अभियानमा आफु लागि पर्नु भएको छ । नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उपलब्ध गराउँनु भएको पुरानो गाडी मर्मत गरेर चढ्दै आउँनु भएको छ ।

नगरलाई समुद्द नगरका रुपमा विकाश गराउने अफ्नो सपना भएकाले सो पुरा गर्न आफु सेवा भोगी भन्दा पनि जनमुखी कार्यक्रम आगामी दिनहरुमा ल्याउन प्रयत्नरत रहेको नगर प्रमुख राईले बताउनु भयो । कतिपय वडाहरुमा खानेपानी, विद्युत लगायत अन्य विकासका आधारभूत आवश्यकताहरु रहेकाले आफुहरुले कुनै विलासी जिवनसैली नपनाई काम गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

यो अभियानमा सामुदायिक वनले जस्ता पाताको छानो लगाउन नगरको अभियानमा साथ दिदै आफ्ना उपभोक्ताहरुलाई निःशुल्क काठ दिएर सहयोग गर्दै आएको राईले बताउनु भयो । वितरण कार्यक्रमलाई पारर्दशी वनाउनका लागि नगरपालिकाले स्थानिय वडाहरुको समन्वयमा ५ सुत्रिय आधार पत्रको निर्माण गरि घरपरिवारको छनौट गरको हो ।

आधार पत्रमा ५ बर्ष सम्म लगातार फुसको छानामा वसोवास गर्दै आएको, बालबालिकाहरुलाई विध्यालयमा अनिवार्य रुपमा भर्ना गराएको, स्थायि रुपमा वसोवास गरेको, अनिवार्य रुपमा नेपाली नागरिकता भएको लगाएतका ५ सुत्रिय आधार पत्रको आधारमा जस्ता वितरण कार्य गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्