मोरङमा प्रविधिको प्रयोग बढाउँदै स्थानीय तह

मोरङमा प्रविधिको प्रयोग बढाउँदै स्थानीय तह

काठमाण्डौ ।   मोरङका स्थानीय तहले प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै प्रविधिको विकासमा ध्यान दिन थालिएको हो । बेलबारी नगरपालिकाले कार्यालयका कामलाई प्रभावकारी बनाउन गएको वैशाखदेखि सफ्टवेयर प्रयोगमा ल्याएको छ । वैशाखभित्रै विकास निर्माणका काम सक्ने गरी नगरसभाबाटै पास गरेर सफ्टवेयर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए ।

नगरपालिकाले सफ्टवेयरमार्फत मोबाइल एप्सको प्रयोग गरेर नागरिकबाट सूचना लिने तथा गुनासो सुन्न थालेको छ । ‘अहिले दर्ता चालानीदेखि सबैजसो काम सफ्टवेयरमार्फत गर्न थालेका छौँ,’ साहले भने, ‘योजनाको सम्झौतादेखि अनुगमनमा समेत प्रविधिको प्रयोग गर्न थालेका छौँ ।’

पहिला मालापोत तिर्न जाँदा लाइनमा बस्नुपर्ने बाध्यता थियो । तर, अहिले नगरपालिकामा जानेबित्तिकै काम हुने सुन्दरहरैँचाका सन्तोष घिमिरेले बताए । राजस्व संकलनमा समेत सफ्टवेयरको प्रयोग हुन थालेको छ । यसबाट नगरपालिकामै बसेर वडा कार्यालयमा संकलन भएको राजस्व हेर्न सकिने बेलबारी नगरपालिकाकी लेखा अधिकृत धनमाया राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्