मेलौली नगरपालिकामा भौतिक पूर्वाधाहरुको काम तिव्र गतिमा हुदैं

मेलौली नगरपालिकामा भौतिक पूर्वाधाहरुको काम तिव्र गतिमा हुदैं

कविता पोखरेल

माघ १०, मेलौली नगरपालिका । बैतडी जिल्लामा मेलौली नगरपालिकामा भौतिक पूर्वाधाहरुको कामले तिव्रता पाएको छ ।

सडक, खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा विकासको काम भइरहेको नगर प्रमुख कृष्ण सिंह नायकले भन्नुभयो । उहाँको अनुसार, नगर भवन निर्माण कार्य सम्पन्न भएको छ भने वडा कार्यलयको भवन निर्माण कार्य जारी रहेको नगर प्रमुख नायकले बताउनु भयो । खानेपानीको लागि पालिकाले टोलटोलमा एक घर एक धाराको अभियान सञ्चालन गरेको छ ।

उक्त योजनाले पालिकाको सबै घर धुरीहरुमा खानेपानी पुग्ने नगर प्रमुख नायकको विश्वास व्यक्त गर्नुभयो । शैक्षिक क्षेत्रको पनी यस पालिकाले उक्तकै प्रगति गरेको अवस्था छ । विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा विशेष दिनुका साथै आावश्यक सुधार कार्य गर्ने कार्य भइरहेको नायकले भन्नुभयो । आफु नगरमा निर्वाचित भए पश्चात विगतको तुलनामा भन्दा विकास निर्माण कार्यमा धेरै परिवर्तन छाएको उहाँको भनाई छ ।

समग्रमा यस पालिकाले स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै विस्तारै समृद्धिको उचाईमा अघि बढीरहेको छ । यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि नगरले टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गर्दै नागरिकहरु समक्ष सचेतना गराएको नगर प्रमुख नायकले बताउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख नायकले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्