मिलिजुली साकोसले महासंघलाई सहयोग

मिलिजुली साकोसले महासंघलाई सहयोग

कल्पना सापकोटा, दोलखा  । दोलखाकै नमूना तथा सूचनामैत्री भवन निर्माणको लागि नेपाल पत्रकार महासंघ दोलखालाई मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. चरिकोटले सहयोग गरेको छ ।

आज सम्पन्न संस्थाको २६ औं वार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघको भवन निर्माणको लागी मिलिजुलि बचत तथा ऋण सहकारी संस्था ले नगद रु बाईस हजार रुपैयाँ संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले महासंघका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नुभएको थियो ।

मिलिजुलीको कार्यक्षेत्र जिल्लाभर रहेको हुनाले यसअघि स्थानीय तहगत रुपमा साधारण सभा भई सकेको छ । आज भएको साधारण सभा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता र भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्लाकै पुरानो सहकारी कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण घोषणा आजनै गरेको थियो ।

२६ औं साधारणसभाले पुनः नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति घोषणा मंसिर १४ गते हुनेछ । १२ जनाको सञ्चालक समितिमा सहमति भईसकेको हुनाले घोषणा हुन बाँकी रहेको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्