तीजमा माइत आएकी छोरी लिन जाँदा उमाकुण्डकि राधिका देबीलाइ खोलाले बगायो

तीजमा माइत आएकी छोरी लिन जाँदा उमाकुण्डकि राधिका देबीलाइ खोलाले बगायो

रामेछाप । तीजमा माइत आएकी छोरीलाई लिन जाँदा रामेछापमा एक महिलालाई खोलाले बगाउदा ज्यान गएको छ । ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका–३ चरमकी ५६ बर्षिय राधिकादेवी कार्कीको रहेकि छिन ।

सोलुखुम्बुको सगरडाँडाबाट माइत आएकी छोरीलाई घर भन्दा केही परसम्म लिन जाँन्छु भनेर हिडेकी कार्कीलाई घर नजिकैको ठाडोखोलाले बगाएको उमाकुण्ड गाउँपालिका–३ का वडा अध्यक्ष रमेश कुमार सुनुवारले जानकारी दिए ।

छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गरेकी थिइन् । घरपरिवारका सदस्यहरुले पनि राधिका घरमा नफर्किएको बताएपछि गाउँलेहरु मिलेर राधिकाको खोजीमा जुटेका थिए । बिहीबार बिहान राधिकाको शव झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले बताए ।

घटनापछि मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र शव पोष्टमार्टमका लागि छिमेकी जिल्ला दोलखाको जिरीतर्फ लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्