मयेर राईको संकल्प : नमुना नगर पथरी शनिश्चरे

मयेर राईको संकल्प : नमुना नगर पथरी शनिश्चरे

काठमाडौं । प्रदेश १ अन्तर्गत पर्ने मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका का नगर प्रमुख दिलिप कुमार राईले गत साता असल सञ्चारसँग अन्र्तक्रिया गर्दै आफ्नो विशेष जोड स्वास्थ्य र शिक्षामा रहेको बताउनुभएको छ ।
उपचारमा नागरिकहरुलाई सहज होस् भनेर स्वास्थ्यको क्षेत्रमा ५ शैया बराबरको अस्पतालको निर्माण गरेको साथै ७० बर्षमाथिका ज्येष्ठ नागरिकहरूको लागि दुईवटा निशुल्क एम्बुलेन्सको ब्यवस्था गरेको उहाँको भनाई छ । ८० बर्षमाथिका ज्येष्ठ नागरिकहरूको लागि महिनाको एकपटक र आपतकालिन अवस्थामा घरघरमा डाक्टर पठाएर निशुल्क उपचारको काम पनि अघि बढेको छ । त्यस्तै, बोनम्यारो, इन्जुरी, मृगौला फेल , मुटु रोगी जस्ता दिर्घकालीन रोगका बिरामीहरूको लागि नगरबाट १५ हजार रुपैयाँ उपचार सहयोग प्रदान गरिदै आएको छ ।
आर्थिक बिपन्नतालाई मध्यनजर गर्दै यस नगरले हाल शैक्षिक लोनको ब्यवस्था पनि गरेको छ । जसले गर्दा बिपन्न बर्गका मानिसहरूले अध्ययनका लागि आर्थिक समस्याबाट गुज्रिनु पर्ने अवस्था छैन ।
सम्पूर्ण जातजातीको सम्मानस्वरुप र पहिचान झल्काउने गरी साँस्कृतिक सङग्रालय बनाउने मेयर राईको योजना रहेको छ ।

भावी योजना सुनाउदै राईले अबको केही बर्षमा पथरी शनिश्चरेलाई देशकै नमुना नगर बनाउने संकल्प व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्