मन्थली नगरपालीकाले स्वीमिङ पुल सहितको पार्क बनाउदै (भिडियो सहीत)

मन्थली नगरपालीकाले स्वीमिङ पुल सहितको पार्क बनाउदै (भिडियो सहीत)

काठमाण्डौं/ धेरै गर्मी हुने रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा स्वीमिङ पुल सहीतको तीनलाल पार्क बन्ने भएको छ ।
नगरपालिकाले हाटेचौरको २ सय रोपनी क्षेत्रफलमा पार्क सहितको स्वीमिङ पुल निर्माण गर्ने योजना बनाएको हो । पार्क भित्र आधुनिक सभा हल पनी निर्माण हुने भएको छ । पार्क भित्र हरीयाली सहीत तीन वटा स्वीमिङ पुल,एक हजार जना अटाउने आधुनिक सभा हल निर्माणको काम अगाडि बढेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताए ।
उनका अनुसार महिला, पुरुष र बालबालिकाको लागि तीन वटा स्वीमिङ पुल बन्नेछ । हाल पार्क सहितको स्वीमिङ पुलको गुरु योजना निर्माणको काम अन्तिम चरणमा पुगेको नगर प्रमुख बस्नेतको भनाई छ । अब छिट्टै ठेक्काका लागी टेन्डर आह्वान गरीने उनले बताए ।
नगरप्रमुख बस्नेतले आफ्नै कार्यकालमा स्वीमिङ पुल निर्माणको काम सम्पन्न गर्ने गरी तीब्र गतिमा काम अगाडि बढाउने लक्ष्य राखेको बताए ।


पार्क डिजाइनको जिम्मेवारी पाएको इन्जिनियरको घर प्रालिका सञ्चालक सरोज कुमार कार्कीले डिजाइनको काम तोकिएकै समयभित्र सम्पन्न गरेर नगरपालिकालाई बुझाइसकेका छन ।
केन्द्र सरकारको ४ करोड र मन्थली नगरपालिकाको ६ करोड गरी १० करोड लगानीमा स्वीमिङ पुल निर्माण हुन लागेको हो ।

यस्तो बन्ने छ पार्क सहितको स्वीमिङ पुल हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्