मनरा शिसवा नगरपालिकामा नगर भवन निर्माण कार्य सम्पन्न

मनरा शिसवा नगरपालिकामा नगर भवन निर्माण कार्य सम्पन्न

रचना तिमल्सिना
पौष २९, मनरा शिसवा नगरपालिका । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकामा नगर भवन निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माणको लागि ७ करोड ५० लाखको टेन्डर भएकार नगर प्रमुख सञ्जय सिंहको भनाई छ । स्थानीय सरकारको व्यवस्थापन र आफु नगरमा निर्वाचित भए पश्चात विकास निर्माणको कार्यमा उल्लेखनीय प्रगती भएको नगर प्रमुख सिंहको दावी छ ।

सडक, शिक्षा, खानेपानी, कृषि क्षेत्रमा विकास निर्माण कार्यले तिव्र गति लिएको उहाँले जनाउनु भयो । सडक सञ्जालको काम नगरमा सुधार भए पश्चात यातायातको सवारी साधन चल्न थप सहज भएको र नागरिकहरुमा सकात्मक भावनाको विकास भएको सिंहको दावी छ । उहाँको अनुसार नगरको सम्पूर्ण सामुदायिक विद्यालयरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै पथ सुधार गर्ने कार्य भइरहेको छ । अन्य क्षेत्रमा विकास निर्माणको नगरले विभिन्न पहल गरिरहेको छ ।

विगतको तुलनामा भन्दा नगर अहिले परिवर्तन छाएको सिंहले बताउनु भयो । यस्तै, कोरोना सक्रमण रोकथामको लागि नगरले विभिन्न पहल गरी टोलटालमा सचेतनाको कार्यक्रम गरेको नगर प्रमुख सिंहकले भन्नुभयो । बाहिरबाट आएका नागरिकहरुको लागि नगरस्तरी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुका साथै आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको नगर प्रमुख सिंहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्