मजदुर नेता केसीको पहलमा कमलाको परिवारले पाए १३ लाख क्षतिपूर्ती

मजदुर नेता केसीको पहलमा कमलाको परिवारले पाए १३ लाख क्षतिपूर्ती

वासिङ मेसिनभित्र परेर ज्यान गुमाएकी दोलखाको भीमेश्वर नगरपालिका वडा नं ९ लाकुरीडाँडाकी ३८ वर्षीय कमला केसीको परिवारले १३ लाख रुपैया क्षतीपुर्ती पाउने सहमति जुटेको छ ।
अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष, सुन्दर केसी लगायतका अगुवाहरुको पहलमा भक्तपुर जिल्लाको, सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित लाइभ स्टार वासिङ सेन्टरका सञ्चालक र कमलाको परिवारबिच नेता केसीको मध्यस्थतामा भएको छलफबाट उक्त सहमती जुटेको नेता केसीले जानकारी दिनुभयो ।
मृतक कमलाका परिवारलाई क्षतिपुर्ती दिलाउन नेता केसीको पहलमा दुवै पक्षसँग पटक पटक वार्ता र छलफल भएको थियो । आर्थिक अवस्था कमजोर भई दैनिक मजदुरी गरेर जिविकोपार्जन गरिरहेका कमलाको परिवार छोरीको मृत्युसँगै मानसिक तनाव झेलिरहेकोे थियो । मजदुर नेता केसिको पहलमा कमलाको परिवारले उचित क्षतिपुर्ती पाएपछि केही राहत भएको आफन्तजनले बताएका छन्् ।
गत आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा वासिङ मेसिनको फित्तामा परेर कमला केसीको ज्यान गएको थियो । वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिनभित्र घुम्ने फलामको रडमा परेर उनको मृत्यु भएको हो । ०००

प्रतिक्रिया दिनुहोस्