भौतिक पूर्वाधारहरुको काम वित्रगतिमा हुदैं: मालिका गाउँपालिका

भौतिक पूर्वाधारहरुको काम वित्रगतिमा हुदैं: मालिका गाउँपालिका

कविता पोखरेल/रतन वि.क.
पौष १४, मालिका गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन भए पश्चात नयाँ जनप्रतिनिधिको आगमनसँगै गुल्मी जिल्लाको मालिका गाउँपालिका समृद्धीको उचाईमा लम्की रहेको छ । विकास समृद्धीको यात्रालाई मध्येनजर गर्दै पालिकाले सडक, पुल, खानेपानी, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत अन्य क्षेत्रमा आमुल परिवर्तन गरेको अध्यक्ष रित बहादुर थापाको भनाई छ ।

पालिकाको केन्द्र देखि वडासम्म जोड्ने सडक निर्माण भए देखि अहिले बाह्रैमास सडकमा यातायातका साधनहरु निरन्तर सञ्चालन हुने अध्यक्ष थापाले बताउनु भयो । आकाशे पुल निर्माणको लागि ३ करोड बजेट निकासा भएको उहाँले भन्नुभयो । पालिकाको सम्पूर्ण विद्यालयहरुमा गुणस्तरी र प्राविधिक शिक्षामा जोड् दिदैं शिक्षकहरुलाई आवश्यक तालिम प्रदान गरेको अध्यक्ष थापाले बताउनु भयो ।

यस्तै, कोरोना संक्रमणको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि जनचेतनामुलक कार्यक्रमद्धारा नागरिकहरु समक्ष सचेत गराएको अध्यक्ष थापाले बताउनु भयो । बाहिरबाट आएका व्यक्तिहरुलाई पालिका स्तरीय १५ बेडको क्वारेन्टाइनमा राख्ने व्यवस्था रहेको थापाले जनाउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिक र विपन्न परिवारहरुलाई राहत वितरण समेत गरेको उहाँले भन्नुभयो । आगामी दिनमा कोरोना सामना गर्दै पालिका समृद्धीको यात्रामा निरन्तर अघि बढीरहेने अध्यक्ष थापाले विश्वास गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्