भौतिक पुर्बाधार विकासमा अगाडि छ, संखुवासभाको धर्मदेवी नगरपालिका

भौतिक पुर्बाधार विकासमा अगाडि छ, संखुवासभाको धर्मदेवी नगरपालिका

कविता पोखरेल ।

संखुवासभाको धर्मदेवी नगरपालिकाले भैतिक पुर्बाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ ।

नगर प्रमुख रमेश कुमार जिमिका अनुसार नगरले शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण नागरिकमा पुर्याउन नगरपालिकाकै पहलमा अस्पताल निर्माणको काम भइरहेको छ । १ वडा १ स्वास्थ्यचौकी निर्माणको निर्माणको कामपनि अघि बढाइएको छ । नगरको सबै क्षेत्रमा विद्युतको सेवा विस्तार गरिसकिएको छ । कृषि तथा पशुपालनको लागि पनि नगरपालिकाले विशेष पहल गरिरहेको छ ।
शैक्षिक क्षेत्रको बिकासको लागि नगरपालिकाको आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण कार्य भइरहेको छ । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको धर्मदेवी नगरपालिकाले नमुना बिद्यालयको अवधारणा पनि सन्चालन गरेको छ । नगरबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । ७ करोड र २७ लाखको लगानिमा २ वटा खानेपानि आयोजना निर्माण गरिरहेको छ ।
सडक निर्माणको लागी नगरले बिशेष पहल गरिहेको छ । प्रत्येक वडालाई नगरपालिकाको केन्द्र सम्म जोड्ने सडक निर्माण भएका छन ।

कोरोना माहामारिमा नगरले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरपलिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्