भिमाद नगरपालिका ९ मा सडक, पर्यटन र स्वास्थ्य क्षेत्रमा परिवर्तन हुदैं

भिमाद नगरपालिका ९ मा सडक, पर्यटन र स्वास्थ्य क्षेत्रमा परिवर्तन हुदैं

माघ २४, भिमाद नगरपालिका–९ । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नं. ९ मा विकास निर्माणको काम तिव्रता पाएको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छौं वडा अध्यक्ष ईमान बहादुर थापाले बताउनु भयो ।

स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने कठिनाई हटेको छ । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी टोलटोलमा खानेपानीको व्यवस्था गरेको छ । सडक नपुगेको ठाउँमा सडक निर्माण गर्नुका साथैं कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले यस वडा निकै सम्भावना बोकेको स्थान रहेकोले आवश्यक प्रचार प्रसारी गरी आगामी दिनमा पर्यटकहरु पहिलेको तुलनमा भन्दा बढी भित्राउने लक्ष्य रहेको वडा अध्यक्ष थापाले भन्नुभयो ।

वडाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरी र सर्वसुलभ शिक्षाको व्यवस्थापन गरेको छौं उहाँले जनाउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीरकणको लागि वडाले आम जनताहरुलाई सचेतना गराएको वडा अध्यक्ष थापाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्