भिआइपी पास हैन कोरोना नभएको रिपोर्ट देखाएर गाउँ फर्काउ : सांसद खड्का

भिआइपी पास हैन कोरोना नभएको रिपोर्ट देखाएर गाउँ फर्काउ : सांसद खड्का

काठमाडौं । बागमती प्रदेशका सांसद विशाल खड्काले भिआइपी पास देखाएर हैन् कोरोना नभएको स्वास्थ्य रिपोर्ट देखाएर नागरिकहरुलाई गाउँ जान दिनु पर्ने र विकास तथा बजेट खर्चलाई पनि चुस्तदुरुस्त बनाउन माग गर्नु भएको छ ।
आज, भिडियो कन्फ्रेरेन्सका माध्यमबाट संचालन गरिएको बागमती प्रदेशको प्रदेश मामिला सम्बन्धी समितिको बैठकमा सांसद खड्काले सो धारणा राख्नु भएको हो । उहाँले सामान्य नागरिकहरु भोकभोकै हिडेर घर जाने तर पहुँचवालाहरु पास बनाएर घुम्दै घर पुग्ने प्रवित्ति देखिएको भन्दै यस्तो अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने र कोरोना परिक्षण गरेरमात्र गाउँ फर्काउने व्यवस्था गर्नका लागि समितिमार्फत प्रदेश र केन्द्र सरकारसँग प्रआग्रह गर्नु भएको छ । उहाँले, कोरोनाका कारण समस्यामा परेकाहरुलाई देखिनेगरि राहत उपलब्ध गराउन पनि तीनै तहका सरकारलाई आग्रह गर्नु भयो ।
उक्त बैठकमा प्रदेश मामिला हेर्ने सभापति माधव प्रसाद पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, आन्तरिक मालिमा मन्त्री सालिकराम जमर्कटेल, सांसदहरु अष्ट लक्ष्मी शाक्य र इन्द्र बानियाँ लगायतका पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्