बोदेबरसाईन नगरपालिका विकासको काममा फड्को मार्दैछ : नगर प्रमुख यादव

बोदेबरसाईन नगरपालिका विकासको काममा फड्को मार्दैछ : नगर प्रमुख यादव

कविता पोखरेल
माघ १६, बोदेबरसाईन नगरपालिका । स्थानीय सरकारको पछि नयाँ जनप्रतिनिधिको आगमनसँगै सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ । नगरदेखि वडा कार्यालयसम्म जोड्ने सडक निर्माणको काम सम्पन्न भएको नगर प्रमुख आतेश कुमार सिंह यादवले भन्नुभयो । उत्त सडकमा आर.सी.सी. ढलान हुनुका साथैं प्रत्येक सडक विजुली बत्तिको व्यवस्था गरिएको छ ।

एक घर एक खानेपानीको अवधाराणा अपनाएको यस नगरले सबै वडामा खानेपानीको पु¥याउने लक्ष्य राखेको छ । नगरको सबै विद्यालयमा गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको छ भने विगतको तुलनामा भन्दा शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आइरहेको छ । यस्तै, आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगरको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने योजनामा छौं नगर प्रमुख यादवले बताउनु भयो ।

नगरका, नगर प्रमुख आतेश कुमार सिंह यादवले नगरलाई समृद्धिको उचाईमा पु¥याउनको निम्ती गर्नु भएको विकासको कार्यान्वयन र योजना उत्तिकै प्रसंसा योग्य रहेको छ । विश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि स्वास्थ्यकर्मीहरु देखि आम नागरिकहरुको सहयोगमा नगरलाई कोरोनाबाट जोगाउन सफल भएको थियो । नगरले पिडितहरुलाई राहत वितरण गुर्नका साथैं बाहिरबाट आएकाहरुलाई सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्