बुुटवलमा भव्य अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र र सभाहल बन्दै

बुुटवलमा भव्य अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र र सभाहल बन्दै

बुटवल/ बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन हल निर्माणको काम चलिरहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम शुरु भएको छ । सरकारको ठुलो लगानीमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र र सम्मेलन हलले ५ नम्बर प्रदेशवासीमा उत्साह थपेको छ । १६ विघा जमिनमा बन्ने यी अन्र्तराष्ट्रिय सभा हल र प्रर्दशनी केन्द्रले धेरैको ध्यान खिचेको छ ।


बुटवल रामनगरमा अन्तर्राष्ट्रिय सभा हलको काम आधा सकिएको छ भने बुटवलमा निर्माण हुन गइरहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको मंगलबार शिलान्यास गरिएको छ । एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् ।

उता अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको निमार्णको काम तिव्र गतिमा भइरहेको छ । यो केन्द्रमा तीनवटा हल निर्माण भइरहेको छ । चन्द्र सूर्य आकारमा बन्ने अन्र्तराष्ट्रय स्तरको सभाहल निमार्णको काम तिव्र गतिमा हुँदा यहाँका बासिन्दा उत्साहित बनेका हुन् । स्थानीयवासीहरुले अन्तर्राष्ट्रिय स्तरको सभा हल र प्रर्दशनी केन्द्र निमार्णले पर्यटन तथा अन्य विकासका कार्यक्रममा समेत टेवा पुग्ने अपेक्षा गरेका छन् ।

प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सम्झौता गरिएको २७ महिनाको अवधिमा निर्माण पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले भने, ‘यहाँ निर्माणाधीन कुनैपनि विकास आयोजनामा बजेटको कुनै कमी हुने छैन तर निर्माण कार्य भने समयमा पुरा गर्नुपर्ने छ, २७ महिनामा एकदिन पनि नथपिओस ।’

अन्तर्राष्ट्रियस्तरको सभा हल निमार्णको संज्ञा दिएको निर्माणधीन सभाहल तथा प्रर्दशनी केन्द्रलाई प्रदेश सरकारले प्रदेशको गौरवका रुपमा लिएको पाँच नम्बर प्रदेशको आयोग उपाध्यक्ष डा।प्रकाश श्रेष्ठले बताए ।

उनले रातोपाटीसँग भने, ‘बुटवलमा बन्दै गरेको प्रदर्शनी तथा हल सबैका लागि खुसीको बिषय हो । अब ठुला कार्यक्रमका लागि समस्या बेहोर्न नपर्ने अवस्था भयो, यसमा प्रदेश सरकारको लगानी छैन । तर आवस्यक परेमा यस्ता परियोजनाहरुमा हामीले विभिन्न रुपमा सघाउन सक्छौँ ।’

नेपाल कै ठुलो भएको दावी

रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुँदैछ । शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र बन्ने पौडेलले दावी गरे ।

उनले यति सेवा र सुविधा सम्पन अन्तर्राष्ट्रिस्तरको हल नेपाल अन्य ठाउँ अहिले नभएकोले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए । उनले यसक्षेत्रको जनप्रतिनिधिको हैसियतले प्रदर्शनी केन्द्रको लागि आवश्यक जग्गा व्यवस्थापन, डिजाइन तथा बजेट विनियोजनमा समेत आफुले नेतृत्व लिने अवसर प्राप्त गरेको भन्दै आफंैले शिलान्यास गर्न पाउँदा गर्व महशुस गरेको बताए ।

वर्षौदेखि बसपार्क, सडक डिभिजन परिसर लगायतका क्षेत्रमा औद्योगिक प्रदर्शनी केन्द्र तथा व्यापार मेला आयोजना गर्दै आएका यहाँका उद्योगी व्यवसायीलाई यसले निकै राहात पुर्याउने अपेक्षा गरिएको छ । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र विष्णु पौडेल जलश्रोत मन्त्री रहेको बखत सरकारले प्रदर्शनी केन्द्र निर्माणको लागि बुटवल मण्डपको १६ विगाह जग्गा दिने निर्णय गरेको थियो ।

प्रदर्शनी केन्द्र पनि बुटवल सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत निर्माण हुने छ । जसको लागि ‘ग्लोबल टेण्डर’ मार्फत क्यापासिट इन्फ्रा प्रोजेक्ट्स९गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले रातोपाटीलाई जानकारी दिएका छन् ।

यस्ता हुने छन् अन्र्तराष्ट्रिय सभा हल र प्रर्दशनी केन्द्र

सभालको धेरै काम सकिएको छ । भवनहरु निर्माण भइरहेका छन् । जसमा चन्द्र सुर्य आकार हल रहेका छन् । दुई चरणमा हुने यो काम पहिलो चरणको काम ७५ प्रतिशत सकिएको बुटवल सभा तथा पर्यटन प्रर्दशनी निमार्ण कार्यान्वयन इकाईका प्रमुख इन्जिनियर शिखर लामाले बताए । शहरी विकास मन्त्रालयका महानिर्देशक मनिराम गेलालका अनुसार प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल, दुईवटा बैठक हल, प्रशासनिक भवन र खाजा घर हुने छन् ।

१२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीनसय स्टल सहभागी हुन सक्ने छन् । बैठक हल भने एउटा साढे तीनसय स्क्वायर मिटर र अर्को साढे दुईसय मिटर स्क्वायर मिटरको हुनेछ । प्रदर्शनी केन्द्रमा सबै हलमा गरी ८ सय ३८ स्टल सहभागी हुन सक्ने छन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकताअनुसार अलग÷अलग गर्न मिल्ने गरी डिजाईन गरिएको गेलालले जानकारी दिए ।

प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्नेछन् । त्यस्तै २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट निर्माण हुनेछ । यस्तै १ लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चारसय वटा चारपाङ्ग्रे र चार सय वटा मोटरसाइकल क्षमताको पार्किङस्थल बनाइने छ ।

बुटवल मण्डपमा हाल निर्माण गरिएको गणतन्त्र स्तम्भलाई पोखरी निर्माण गरी त्यसको बिचमा स्थानान्तरण गरिने परियोजनाले जनाएको छ । प्रदर्शनी केन्द्रमा बालउद्यान र खुल्ला प्रदर्शनी क्षेत्र समेत हुनेछ । प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने र त्यसको लागि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याँकन गराई रुख काट्ने अनुमति समेत प्राप्त भइसकेकोले निर्माण कार्य समयमै सम्पन्न हुने आयोजना प्रमुख लामाले बताए ।

बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत प्रदर्शनी केन्द्र निर्माणको काम हुनेछ । प्रदर्शनी केन्द्र निर्माणका लागि ‘ग्लोबल टेण्डर’ आह्वान भइ क्यापासिट इन्फ्रा प्रोजेक्ट्स ९गौरी–पार्वती जेभी कम्पनी०ले ठेक्का लिइसकेको आयोजना हो । रुख काट्ने काम भोलिदेखी नै हुनेछ ।

प्रदेशबासी उत्साहित

प्रदर्शनीस्थल निर्माण थालिएपछि रुपन्देहीका उद्योगी, व्यवसायी र नागरिकहरू उत्साहित छन् । बुटवलबासी मात्रै नभएर प्रदेशमा ठूलो र स्तरीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्नु सबैका लागि सुखद सामाचार भएको बुटवल देवीनगरमा समाजिक अगुवा मनोज रानाले रातोपाटीलाई बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवलमा बन्ने स्थायी संरचनाले यहाँको विकासमा ठूलो योगदान पु‍र्याउने बताए । प्रदर्शनी केन्द्र बनेपछि ती समस्याहरू हट्ने अपेक्षा बुटवल उद्योग बाणिज्य सघका अध्यक्ष खेम बहादुर हमालले बताए ।

चन्द्र सूर्यको आकारमा सभाहल

पहिलो चरणमा एउटा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल निर्माण गरिनेछ । त्यसैगरी ५०र५० र एसय अटाउने अन्य ४ वटा हल गरेर जम्मा ५ वटा विभिन्न प्रयोजनका हल निर्माण हुनेछन् । दोस्रो चरणमा ८० करोडको लागतमा निर्माण हुने चन्द्रमा आकारको सभाहल निर्माण गर्ने जिम्मा आशिस निर्माण सेवाले पाएको छ । त्यसपछि तेस्रो फेजमा बुटवल इक्जुवेशन सेन्टर निर्माण हुनेछ ।

खासगरी नेपालको राष्ट्रिय झन्डा जस्तै चन्द्र सुर्य आकारको सभा हल निर्माण हुने लामाले बताए । जसमा ५ सय सवारीसाधन पार्किङ्ग गर्न मिल्ने, साउन्ड सिस्टम भित्रै रहने, गार्डेन, क्वाटररुम र आकासको पानी व्यवस्थित गर्न पोखरी निर्माण गरी पुन जमिनमा पठाउने व्यवस्था मिलाइने छ । लामाले पहिलो चरण अन्र्तगत ७५ प्रतिशत काम सम्पन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्