बिमाको पैसाको लोभमा बाबुद्वारा ४ वर्षीया छोरीको हत्त्या

बिमाको पैसाको लोभमा बाबुद्वारा ४ वर्षीया छोरीको हत्त्या
आफ्नै छोरीको हत्या गर्ने रामकिशोर यादव

रौतहट/ बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको खुलेको छ। रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको ह*त्या गरेको प्रहरीले जनाएको छ।

यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले ह*त्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए। उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

यसरी भयो घटना 

असार १७ गते छोरी घरबाट हराएको भन्दै राम किशोरले नै प्रहरीमा खबर गरे। खबरपछि खोजीमा जुटेको प्रहरी र स्थानीयको सहयोगमा त्यसको भोलिपल्ट छोरीको श*व गाउँकै पोखरीमा श*व फेला पर्यो। पोखरीमा मरेको अवस्थामा बालिकाको शव फेला परेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइयो। शरीरमा निल डाम देखेपछि बालिकाको ह*त्या भएको हुनसक्ने आशंका गरियो। त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो।प्रहरी नायक उपरीक्षक नविन कार्की नेतृत्वको प्रहरी टोलीले गरेको अनुसन्धानमा बालिकाकै बाबु तानिए।

प्रतिक्रिया दिनुहोस्