बिकास र समृद्धिमा अग्रसर, रामेछापको दोरम्बा गाउँपालिका

बिकास र समृद्धिमा अग्रसर, रामेछापको दोरम्बा गाउँपालिका

रामेछापको दोरम्बा गाउँपालिकाले विकासका पुर्वाधारहरुको निर्माणमा उच्च प्राथमिकता दिएर काम गरिहेको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, सिंचाई लगायतको क्षेत्रमा उल्लेखनिय प्रगति गरेको अध्यक्ष कमानसिंह तामाङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिको केन्द्र सम्म सम्पुर्ण वडाहरुमा जोड्ने सडक निर्माण गरिएको छ । अन्य सडककहरुको स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि जारि रहेको छ । शिक्षाको गुणस्तर वृद्धिको लागी आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण भएको अध्यक्ष तामाङले बताउनुभयो । स्थानियस्तरमा गुणस्तरिय एंव प्राबिधिक शिक्षामा जोड दिएको गाउँपालिकाले नमुना बिद्यालय पनि सन्चालन गरेको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई पनि मुख्य प्राथमिकता राखेर काम गरिहेको छ । कृषि र पशुपालनमा जोड दिएर युवाहरुलाई गाउँपालिकास्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवनस्तरलाई माथि उकास्ने योजना रहेको अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषीको लागि विउविजन र सिंचाइको ब्यवस्था तथा पशुपालनकोलागी अनुदान दिई युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गरिरहेको छ । सम्पुर्ण नगरवासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ ।

गाउँपालिकाले सानातिना विकास निर्माणका योजनामा उपभोक्ता समिति गठन हुने र १० लाख देखि माथिको लाई टेण्डर प्रक्रियामा लेजाने गरेका छ। गत वर्षमा वरु केही ढिलो भएको होकि भन्ने महशुस भएको थियो यो वर्षमा चाहिँ छिट्टै गर्ने भनेर हामीले शुरु गरेका छौं । अध्यक्ष तामाङले भन्नुभयो । दोरम्वा गाउँपालिकामा दोरम्वा वजार, कुखुरे आहाल, शैलुङ खोला, गुरासेँमा घर टहराहरु वनेका छन् । कोही काम सम्पन्न भईसकेका छन भने कोही भर्खरै निर्माण भएको छ । त्यसलाई कार्यविधीमा हाल्नु पर्छ भनेर एउटा विधीमा ढाल्नु पर्छ भनेर हामी लागि परेका छौं, अध्यक्ष तामाङले भन्नुभयो ।

स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाले प्रत्यक वडामा आधारभुत स्वास्थ्यचौकी निर्माण गरेको छ । गाउँपालिकाले १५ शैयाको अस्पतालको शिलान्यास गरि निर्माण प्रक्रिया अघि बढाएको छ । दोरम्बा गाउँपालिकाले नागरिकहरुसँग अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता पूरा गरेको छ । एक बर्ष अघि नै डाक्टर सहितको सेवा दिदै आएको दोरम्बा स्वास्थ्य चौकीले एक साता अघि पाँच शैयाको अस्पताल सञ्चालनको स्वीकृति पाएको थियो ।दोरम्बा प्राथमिक अस्पतालको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले भदौ २३ गते मंगलवार एक कार्यक्रमकोबीच उदघाटन गर्नुभएको छ । अस्पताल उदघाटन गर्दै उहाँले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकामा अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । दोरम्बाले गत बर्षको फागुनमा १५ शैयाको अस्पतालको स्वीकृति लिएको थियो । तर पूर्वधार र जनशक्तिको व्यवस्थापनमा भएको ढिलाइको बाबजुत दोरम्बाले तत्कालका लागि ५ शैयाबाट संचालन शुरु गरेको हो । दोरम्बा प्राथमिकता अस्पताल संचालन भएसंगै दोरम्बाका स्थानीयलाई स्वास्थ्य सेवामा सहज भएको छ । विरामीको भर्ना लिने र शैल्यक्रिया बाहेकको अन्य काम गर्ने दोरम्बा अस्पतालले जनाएको छ । एक्स्रे, भिडियो एक्स्रे समेतको व्यवस्था गरी जनतालाई सहज स्वास्थ्य सेवा दिने अस्पतालले जनाएको छ ।

गाउँपालिकाको सम्पुर्ण क्षेत्रमा बिद्युतिकरणको काम सम्पन्न भइसकेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । स्थानीय सरकारले गरेको प्रतिबद्धता अनुसार दोरम्बा गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण भएको छ । दोरम्बा गाउँपालिकाले उज्यालो दोरम्बा बनाउने निर्णय अनुसार तीन बर्षभित्र पूर्ण रुपमा विद्युतीकरण भएको हो । वल्ड बैंकको सहयोगमा नेपाल विद्युत प्राधिकरण र दोरम्बा गाउँपालिकाको समन्वयमा गाउँपालिकाभित्र सबै घरघरमा बिजुली बलेको छ ।

कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिकाकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्