बिकास र समृद्धिमा अगाडि माइरोजमाई गाउँपालिका

बिकास र समृद्धिमा अगाडि माइरोजमाई गाउँपालिका

इलाम जिल्लाको माइरोजमाई गाउँपालिकाले आफ्नो बिकास र समृद्धिको यात्रा अगाडि बढाइरहेको गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले सडक कालापत्रे गर्ने, बजार ब्यावस्थापन गर्ने, गाउँपालिकामा स्थायी कर्मचारीको नियुक्त लगायतको काम सम्पन्न गरिसकेको छ । गाउँपालिकामा सुविधा सम्पन्न २५ शैयाको अस्पतालको शिलान्यास गरिएको र छिट्टै संचालनमा ल्याईने अध्यक्ष राईले जानकारी दिनुभयो । गाउँपालिकाका ६ वटै वडाहरुले अहिले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

गाउँपालिको भवन पनि अब छिट्टै निर्माण सम्पन्न गरिने छ । त्यस्तै कृषि र प्रयटन क्षेत्रलाई प्राथमिकता दिएर युवालाइ स्थानीय स्तरमै रोजगारि सृजना तर्फ पनि अग्रसर रहेको गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्