बिकासमा फड्को मार्दै, सिरहाको अर्नमा गाउँपालिका

बिकासमा फड्को मार्दै, सिरहाको अर्नमा गाउँपालिका

रचना तिमल्सिना ।

सिरहा जिल्लाको अर्नमा गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिहेको छ ।

गाउँपालिका अध्यक्ष ठकु महतो कोइरीका अनुसार गाउँपालिकाले शैक्षिक क्षेत्रको बिकासको लागि आफ्नै पहलमा सुबिधा सम्पन्न बिद्यालय भवनको निर्माण तथा प्राबिधिक एबम गुणस्तरिय शिक्षामा जोड दिएको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरपालिकावासिमा पुर्याउन नगरकै पहलमासुबिधा सम्पन्न अस्पतालको शिलान्यास भएको छ । सम्पुर्ण वडाहरुमा स्वास्थ्यचौकी संचालन रहेका छन । गाउँपालिकाबासीलाई सुखी र समृद्ध बनाउन कृषी र पशुपालनमा जोड दिई स्थानिय स्तरमै युवाहरुलाई रोजगार सृजना गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । गाउँपालिकाको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भैरहेको छ भने पुराना सडकहरुको स्तरोन्नतिको काम पनि जारि रहेको छ । केही सडकको कालोपत्रेको काम पनि अगाडी बढीरहेको अध्यक्ष कोइरीले बताउनुभयो ।

उँपालिकाबासिमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । कोरोना माहामारिमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने गाउँपलिका अध्यक्ष कोइरीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्