स्वास्थ्य क्षेत्रमा प्रगती गर्दै बारबर्दिया नगरपालिका

स्वास्थ्य क्षेत्रमा प्रगती गर्दै बारबर्दिया नगरपालिका

बर्दियाको बारबर्दिया नगरपालिकामा स्थानिय जनप्रतिनिधिहरु निर्वाचित भएर आउसँगै बिकासको गतिले फड्को मारेको छ ।

कोरोना महामारीमा पनि जनप्रतिनिधि र कर्मचारीहरुको क्रियाशिलताको कारण कोरोना नियन्त्रणमा सफल भएको नगर प्रमुख नगर प्रमुख दुर्गा बहादु थारुले बताउनुभयो । नगरपालिकामा भर्खरै मात्र १५ बेडको आरसि मोमोरियल अस्पताल संचालनमा आएको छ । गाउँमै अस्पताल संचालन भएपछि उपचारको लागी सदरमुकाम र राजधानि धाउनुपर्ने अवस्थाको अन्त्य भएको नगर प्रमुख थारुले बताउनुभयो । उहाँका अनुसार नगरले भौतिक पुर्वाधार बिकास, काठेपुल बिस्तापन गरि झालुंगे पुलको निर्माण लगायतको काम पनि गरिहेको छ । नगरभित्रका सडकहरु स्तारोन्नती गरि करिब १२ कि.मि. सडक कालोपत्रे गरिएको छ ।

नगरपालिकाले अनिवार्य आधारभुत निःशुल्क शिक्षाको अभियान पनि सुरु गरेको छ । २२ जना अनाथ बालबालिकाहरुलाई स्याहार गरी उनिहरुको उचित पालनपोष गरिरहेको छ नगरपालिकाले । सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरि सेवा सुचारु गरिएको छ । नगपालिकामा १४ वडा एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगर प्रमुख थारुले जानकारी दिनुभयो । नगरपालिकामा मेयर कृषि कार्यक्रम पनि संचालन गरिएको छ । उक्त कार्यक्रमबाट नगरपालिका अधिकांश नागरिक लाभान्वित हुनेछन । मसिना धान प्रसोधन उद्योग पनि नगरपालिकाले संचालन गरेको छ । यस्तै मल र विउमा किसानलाई अनुदान समेत दिएको मेयर थारुको भनाई छ ।

नगरपालिकाले प्रकृति र सस्कृतिलाई प्रचार प्रसार गरेर बारबर्दियालाई एउटा सुन्दर पर्यटकिय नगरको रुपमा चिनाउने योजना समेत बनाएको छ ।  कोरोना माहामरीको बेला नगरपालिकाले बिभिन्न सचेतनाका कार्यक्रम संचालन गरेको थियो । यस्तै क्वारेन्टाईन र आईसोलेसनहरु निर्माण गरिएको नगरप्रमुख थारुलदे बताउनुभयो ।

नगरभित्रका मा.वि र आधारभुत बिद्यालयहरुमा खानेपानिको सुद्धिकरण गर्ने फिल्टर समेत बितरण गरिएको उहाँले जानकारी दिनुभयो । कोरोनाको असरलाई कम गर्दै भईरेहेको कामलाई निरन्तरता दिदै सम्पुर्ण पक्षलाई समेटेर काम गर्ने मेयर थारुको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्