बाख्रा पालन गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए, पढ्न नछुटाउँनुस यो लेख !

बाख्रा पालन गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए, पढ्न नछुटाउँनुस यो लेख !
बाख्रापालनको परिचय:
कृषि प्रणालीमा पशुपालनको ठूलोे योगदान रहेको छ । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा करिब एक तिहाई हिस्सा पशुपालन क्षेत्रले ओगटेको छ । पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न व्यवसायको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि उच्च हिमाली क्षेत्रमा सामान ढुवानीको निम्ति समेत बाख्राहरुको प्रयोग भैरहेको छ । यस बाहेक बाख्राको छाला, रौं (पश्मिना) र हड्डीबाट निर्मित विभिन्न सरसामानहरmको उपयोग भइरहेकोछ । बाख्राको रौं (पश्मिना) मुख्यतः च्याङ्ग्राको बहुमुल्य सामानको रुपमा निर्यातयोग्य वस्तु रहेको छ । बाख्राको दुधको उपभोग प्रचलनमा नभएपनि बालकको निम्ति प्रभावकारी हुनुका साथै कमलपित्त र क्षयरोग जस्ता रोगको उपचारमा समेत प्रभावकारी मानिएको हँुदा बाख्रालाई एक वहुउद्देश्यीय एवं लोकप्रिय जनावरको रुपमा लिएको छ । यस प्रकार बाख्रापालन व्यवसायबाट कृषकहरुको रोजगारी र आयवृद्धिमा उल्लेखनीय योगदान पु¥याइरहेको छ ।

शहरीकरणको वृद्धिको साथै पशुजन्य पदार्थको माग बढीरहेको अवस्थामा मागको अनुपातमा उत्पादन वृद्धि गर्नु जरुरी छ । हाल देशका विभिन्न स्थानमा व्यावसायिक रुपमा नेता देखी अभिनेता सम्म लागिरहेका भएता पनि यस व्यवसायलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायीकरण गर्दै उपलब्ध साधन र श्रोतको समुचित प्रयोगबाट उत्पादन एवं उत्पादकत्व वृद्धि गरी उत्पादन लागत कम गर्नु प्रमुख चुनौतीको रुपमा रहेको छ । विगतको तुलनामा हालका वर्षहरुमा खसी बाख्राको उत्पादनमा वृद्धि भएतापनि बढ्दो मागलाई पुर्ति गर्न छिमेकी राष्ट्रहरुबाट खसी बोका आयात भईरहेको अवस्था छ । बाख्रापालन व्यवसायलाई एक सम्मानित व्यवसायको रुपमा विकास, विस्तार र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्न मद्दत पुगोस भन्ने हेतुले यो लेख प्रस्तुत गरेका छौं ।

नेपालमा बाख्रापालनको स्थिति
आ.व. २०६८/६९ को तथ्याङ्क अनुसार नेपालमा बाख्राको कुल संख्या ९५,१२९५८ वटा रहेको छ । यसैगरी बाख्राबाट उत्पादित मासु ५३९५६ मे.ट. रहेको छ । यो नेपालमा उत्पादित कुल मासुको १९ प्रतिशत हो ।
बाख्राको वर्गिकरण 
उपयोगिताको आधारमा
(क)    मासु उत्पादनको लागि – वारवेरी, खरी, व्ल्याक बंगाल, अफ्रिकन वोयर, माउटाउ, आदि ।
(ख)    दूध उत्पादनको लागि – सानन, नुवियन, डामास्कस, अल्पाइन आदि ।
(ग)    ऊन वा रौं (पश्मिना) उत्पादनको लागि –च्याङ्ग्रा, कश्मिरी सोभियत डाउन आदि ।

नेपालमा पालिएका बाख्राका जातहरु

स्थानीय जातका बाख्राहरु
नेपालमा मुख्यतया चार जातका स्थानीय बाख्राहरु पाल्ने गरेको पाईन्छ । यी चारै जातका बाख्राहरु भौगोलिक क्षेत्रका आधारमा वर्र्गीकरण गरिएको पाइन्छ । तराई क्षेत्रमा तराई बाख्रा, तल्लो तथा मध्य पहाडी क्षेत्रमा खरि, उच्च पहाडी क्षेत्रमा सिन्हाल तथा उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा जातका बाख्राहरु पाइन्छन् । यि स्थानिय जातका बाख्राहरु यस प्रकार छन् ।
क) तराई बाख्रा 
नेपालको तराई क्षेत्रतिर पाइने जातको बाख्रालाई तराई बाख्रा भनिन्छ । यो शुद्ध जातको बाख्रा नभएर भारतीय जातको बाखा जमुनापारीको गुणहरु जस्तैः माथि उठेकोे नाक, झुण्डिएको लामो कान भएकोले यसलाई जमुनापारिको खच्चड पनि भनिन्छ, यद्यपी यसबारे अध्ययन अनुसन्धान हुनु जरुरी देखिन्छ । यो बाख्रा मझौला आकारको र विभिन्न रंगको भएता पनि प्रायः खैरो शरिरमा सेतो धर्सो रहेको हुन्छ । यो बाख्रा दूध तथा मासु दुवैको लागि उपयुक्त मानिन्छ । यसको शारिरीक तौल करिव १८ देखि ३५ किलोग्रामसम्म हुन्छ । सालाखाला १५ महिनाको उमेरमा पहिलो पटक व्याउने र खरी तथा तराई बाख्राको प्रजनन् क्षमतामा धेरै समानताहरु पाईन्छन् । गर्मी ठाउँमा पाइने जात भएकोले जाडो तथा चिसो ठाउँमा कमै पाईन्छ ।

(ख) खरी औंले बाख्रा 
मध्यपहाडि प्रदेशमा पाइने बाख्रालाई पहाडि वा खरि बाखा्र भन्ने गरिन्छ । विभिन्न ७ रंगका खरी बाख्राहरुमा कालो तथा खैरो रंगका बाख्राहरु तुलनात्मक रुपमा धेरै पाईन्छन् । प्रायः खरी बाख्राहरmमा मध्यम आकारका पछाडी वा माथीतिर फर्केका सिंग हुन्छन् । थोरै बाख्राहरु मुडुले पनि पाईएका छन् । खरि बाख्राको शारिरीक तौल साधारणतया १५ देखि २५ किलोग्रासम्म हुन्छ भने बोकाको शारिरीक तौल २५ देखि ३५ किलोग्रामसम्म हुन्छ । यो जातको बाख्रा सालाखाला १६ महिनाको उमेरमा पहिलो पटक व्याउने, साधारण अवस्थामा २ वर्षमा ३ पटक ब्याउने र प्रति बेत २ वा २ भन्दाबढी पाठापाठी हुर्काउन सक्ने क्षमता भएको हुनाले नेपालको अधिकांश भु–भागमा यो बाख्रा लोकप्रिय भएको पाईन्छ । यसको शरिर सानो र फुर्तिलो हुन्छ । यो जातको वाख्रालाई बधुवा वा चराएर पाल्न सकिन्छ ।
नेपालमा पाइने स्थानीय जातका बाख्राहरुमध्ये संख्याको हिसावले सबैभन्दा बढी भएको खरी बाख्रा पहाडी क्षेत्रमा पैmलिएको छ । हावा पानी, रोग प्रतिरोधात्मक क्षमता र औसत वृद्धिदर आदिको दृष्टिकोणबाट नेपालको पहाडी र मध्येपहाडी क्षेत्रको लागि खरी बाख्रा उपयोगी मानिएको छ । खरी बाख्राका विशेषताहरm यस प्रकार छन् ः
    स्थानीय हावापानीमा राम्रोसँग फस्टाउने,
    दुई वर्षको अवधिमा ३ पटकसम्म व्याउन सक्ने,
    रोगव्याधी कम लाग्ने, नेपालमा भित्रिएका विदेशीजातहरु भन्दा रोग प्रतिरोधात्मक क्षमता बढी हुने,
    साधारण खोरमा पनि पाल्न सकिने,
    सामान्यतया एउटा बाख्रीले एक पटकमा २ वटा पाठापाठी पाउने ।
    भिरपहरामा गई चर्नसक्ने र काँडाकुडी बढी मन पराउने,
    सन्तुलित आहारा (दाना) को त्यति आवश्यकता नपर्ने,
    पाठापाठी मृत्यूुदर कम हुने,
    मासु स्वादिलो र खँदिलो हुने,

(ग) सिन्हाल 
उच्च पहाडी क्षेत्रमा पाईने यो जातको बाख्रा बरुवाल वा भ्याङ्गलुङजातको भेडाको बथानमा चर्न रुचाउने हुन्छ । सिन्हाल जातको बाख्रा अन्य नेपाली बाख्राहरु मध्ये सवैभन्दा ठूलोे शरीर भएको बाख्रा हो । यसको छोटोे टाउको, सीधा नाक, चिसो सहन सक्ने क्षमता भएको र यसबाट केही मात्रामा पश्मिनासमेत उत्पादन गर्न सकिन्छ । वयस्क बाख्राको शारिरीक तौल ३० देखि ३५ किलोग्रामसम्म हुन्छ । सिन्हाल बाख्राहरु करीब २ वर्षको उमेरमा पहिलो पटक व्याउने, साधारणतया वर्षमा एक पटक व्याउने र एउटै पाठा वा पाठी मात्र पाउने गर्दछ । थोरै बाख्राहरुले मात्र जुम्ल्याहा पाठापाठी पाउने गर्दछन् ।

(घ) च्याङ्ग्रा
च्याङ्ग्रा हिमालय पर्वत श्रृंखलाको पछाडिपट्टि सुख्खा, बढी हावा लाग्ने, चिसो र अर्धभूमिजस्तो ठाउँमा पाइन्छ । च्याङ्ग्राले त्यस क्षेत्रमा पाइने ताल्ला भन्ने झारमा पलाएको पात, फूल, जरा र घाँसहरु खाएर जीवन निर्वाह गर्दछन् । च्याङ्ग्रा पश्मिना र नरम खालको न्यानो भुवा उत्पादनको लागि प्रसिद्ध छ । च्याङ्ग्राको शरीर वाक्लो लामो रौंले ढाकेको हुन्छ । रौंको भित्रि भागमा मसिना पश्मिना रहेको हुन्छ । यसको सानो तर लामो टाउको, सीधा नाक, साँघुरोे थुतुनो र कसिलो शरीर तथा बटारिएको सिङ्ग हुन्छ । तीव्वती तथा कश्मिरी च्याङ्ग्रा ठूलोे खालको हुन्छ भने नेपालको उत्तरी भेकमा पाइने च्यांग्रा सानो खालको हुन्छ । यिनीहरु अन्दाजी दुई वर्षको उमेरमा पहिलो पटक व्याउने, वर्षमा एक पटक व्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । वयस्क च्यांग्राबाट वर्षमा ५० देखि २०० गाम सम्म पश्मिना उत्पादन हुने गर्दछ । वयस्क च्याङ्ग्राको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । यसको आफ्नो शारिरिक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता हुन्छ ।
स्थानीय बाख्राको विशेषता 
नेपालमा पाइने बाख्राहरु मध्ये खरि बाख्रा करिव ५६ प्रतिशत, सिन्हाल १६ प्रतिशत, च्याङ्ग्रा १ प्रतिशत र तराई बाख्रा २७ प्रतिशतको हाराहारीमा रहेको पाइन्छ । जात, भौगोलिक क्षेत्र, शारिरीक बनावटको आधारमा स्थानीय बाख्राहरुको स्थिती निम्ननुसार रहेकोछ ।

नेपालमा पालिने विदेशी जातका वाख्राहरु
(क) जमुनापारी 
जमुनापारी भारतमा पाइने सवैभन्दा ठूलो तथा आकर्षक जातको बाख्रा हो । भारतको जमुना, गंगा तथा चम्बल नदीहरुको बीच भाग हुँदै यो बाख्रा नेपालको तराई क्षेत्रमा आई पुगेको हो । जमुनापारी बाख्राको रंग एकनासको हुँदैन । साधारणतया सेतो रंग भएका बाख्राहरुमा कहिंकहिं गाढा रंगको चिन्हहरु हुने गर्दछ । ठूलो जीउ, लामो खुट्टा, नाकको बीच भाग उठेकोे (सुगानाके) , झुण्डिएका लामा कानहरु, छोटा र थेप्चा सिंगहरु हुनु यस बाख्राका प्रमुख शारीरिक विशेषताहरु हुन् । यस जातको बाख्र्री र बोका दुवैमा दाडी हुने गर्छ । यसको औसत जन्म तौल ४ के. जी. सम्म हुन्छ । २० देखि २५ महिनाको उमेरमा पहिलो पटक व्याउने गर्दछ । वर्षमा एक पटक व्याउने र प्राय: एकल पाठापाठी पाउने गर्दछ । मुख्यतया यो बाख्रा फाल्गुण चैत्रमा व्याउने गर्दछ । यो बाख्रा दूध र मासु उत्पादनको लागि उपयुक्त जात हो । यसले प्रति वेत १८८ दिन दूध दिने गर्दछ र प्रति वेत औसत दूध उत्पादन १५० देखि २०० ली.सम्म हुन्छ । यस बाख्राको शरीर ठूलोे भएकोले मासु भरिन धेरै समय लाग्दछ । वयस्क बोकाको जिउँदो तौल ५० देखि ६० के.जी र बाख्रीको ३० देखि ४० के. जी. हुने गर्दछ ।

(ख) बारबरी 
यो जातको बाख्राको उत्पत्ति पुर्वी अफ्रीकाको बारबरा भन्ने शहरमा भएको हो । भारतको उत्तर प्रदेशको विभिन्न भाग (आग्रा, मथुरा) मा यो जातको बाख्रा प्रशस्त पाइन्छ । चर्न त्यति मन नगर्ने भएकोले यो बाख्रा बधुवा प्रणालीमा पालन गर्न राम्रो हुन्छ । त्यसैले चरन क्षेत्र नभएका र शहरी वा शहरको वरिपरीको क्षेत्रमा बाख्रापालन गर्नको लागि यो जातको बाख्रा पाल्ने गरिन्छ ।
सानो तथा खदिलो शरीर, छोटा तथा ठाडा कान, सेतो रंगको शरीरमा साना हल्का राता वा खैरा धब्बाहरु भएको यो बाख्रा झट्ट हेर्दा मृग जस्तो देखिन्छ । बोका र बाख्री दूवैको मध्यम आकारका बाहिरतिर मोडिएका सिंग हुन्छन् । यसको औसत जन्म तौल २ के.जी. हुन्छ । १४ महिनामा २ चोटी व्याउने यस बाख्राले प्रायः जुम्ल्याहा, पाठापाठी पाउने गर्दछ । १५ देखि १६ महिनामा पहिलो पटक व्याउँछ ।
यो बाख्रा दूध र मासु दुवैको लागि पालिने जात हो । यसले प्रति वेत ६० देखि ७० लि. दूध उत्पादन गर्दछ । यसको मासु राम्रो मानिन्छ । वयस्क बाख्रीको जिउँदो तौल २० देखि २५ के. जी. र बोकाको २५ देखि ४० के.जी. सम्म हुन्छ ।

(ग) सानन् 
स्वीजरल्याण्डको दक्षिणी क्याण्टन बर्नमा पर्ने सानन् उपत्यका उत्पत्ति भएको यस बाख्रा दूध उत्पादनको लागि विश्व प्रसिद्ध छ । यो डेरी गोट मध्य सवैभन्दा ठूलो जातको बाख्रा हो । यो बाख्रा घाम सहन नसक्ने भएकोले चिसो हावापानीमा पाल्न उपयुक्त हुन्छ । सेतो वा क्रिम रंग, छोटा मसिना रौं , सीधा वा अलि थेप्चिएको अनुहार, ठाडा तथा अगाडितिर तेर्सिएका कान हुनु यसका जातिय विशेषताहरु हुन् । साधारणतया यो जातको बाख्राको सिँग हुँदैंन । यसको स्वभाव शान्त प्रकृतिको हुन्छ । बार्षिकरुपमा व्याउने यस बाख्राले प्रायः एकल पाठापाठी पाउने गर्छ ।
यस बाख्राले प्रतिवेत १५० देखि १८० दिनसम्म दूध दिने गर्दछ । सो अवधिमा औसत ३.५५ प्रतिशत चिल्लो पदार्थ भएको ६०० देखि ७०० लिटर दूध उत्पादन गर्छ । होलिस्टिन बाख्राको रुपमा चिनिने यस बाख्राले प्रतिवेत ३०५ दिनमा ३०२८ के. जी. दूध उत्पादन गरेको विश्व रेकर्ड छ । यसको बोकाको शारीरीक तौल औसतमा ९१ किलोग्राम र बाख्रीको ६८ किलोग्राम हुन्छ ।

(घ)    विटल 
यस जातको बाख्रा भारतको पञ्जाब र हरियानामा पाइन्छ । झट्ट हेर्दा यस बाख्राको बनावट जमुनापारीसँग मिल्दोजुल्दो देखिन्छ । जमुनापारी भन्दा अलि सानो देखिने यो बाख्रा मुख्यतया कालो रंगको हुन्छ । यस बाख्राको उत्पादन क्षमता, विभिन्न हावापानीमा घुलमिल हुन सक्ने क्षमता र बधुवा प्रणालीमा पाल्न सकिने क्षमता जमुनापारी भन्दा राम्रो हुन्छ ।
चौडा मझौला शरीर, उठेको नाक, पछाडि र बाहिरतिर फर्किएका सिंग, लामो, चौडा, र लत्रिएका पात जस्ता कान, छोटो तथा पातलो पुच्छर यसका शारीरिक विशेषताहरm हुन् । बोकामा दाडी हुन्छ तर बाख्रीमा हुँदैन । यसको जन्म तौल ३ के. जी. हुन्छ । २० देखि २२ महिनाको उमेर पहिलो पटक व्याउँछ । बार्षिक रुपमा व्याउने यस बाख्राले ५० प्रतिशत जुम्ल्याहा पाठापाठी पाउँछ ।
यो दूध र मासुको लागि पालिने जात हो । साथै यसको छालाको गुणस्तर पनि राम्रो हुन्छ । प्रति वेत १५० के. जी. दूध उत्पादन हुन्छ । वयस्क बोकाको जिउँदो तौल ६० देखि ७० के.जी. र बाख्रीको ४६ के. जी हुन्छ ।

ङ) सिरोही 
सिरोही बाख्रा भारतको राजस्तानमा पर्ने सिरोही र गुजरातको पालाम्पुरमा पाइन्छ । सुख्खा ठाउँको लागि उपयुक्त हुने यो बाख्रा नेपालको पश्चिमी क्षेत्रमा भित्रिएको छ । यो मध्यम आकारको खदिलो जीउ भएको बाख्रा हो। मुख्यतया खैरो रंगका हुने यस बाख्राका शरीरमा हल्का वा गाढा खैरो रंगका धब्बाहरु हुन्छन् । खस्रो रौं, छोटो र तिखो नाक, लोती, लामा र कमजोर कान, छोटा, तिखा र माथि तथा पछाडितिर बाँगिएका सिंग हुनु यसका शारीरिक विशेषताहरु हुन् । यस बाख्राको जन्म तौल २.५ देखि २.७५ के.जी. सम्म हुन्छ । बोकाको जिउँदो तौल ५० देखि ७० के.जी. र बाख्रीको २५ देखि ३५ के. जी.हुने गर्छ । यसले प्रायः जुम्ल्याह पाठापाठी पाउने गर्दछ । यो बर्षको एक पटक व्याउने गर्दछ । यस बाख्राको पहिलो पटक व्याउने उमेर १९ महिना हुन्छ । यो मासु उत्पादनको लागि उपयुक्त जात हो । यसले प्रति वेत १७५ दिनसम्म दूध दिने गर्दछ तर प्रतिवेत दूध उत्पादन ७१ के. जी. मात्र हुन्छ ।

(च) बोयर
यो जातको बाख्रा सन् १९०० को दशकमा दक्षिण अफ्रिकामा विकास गरिएको हो । हाल क्यानाडा, यूरोप, केन्या, इजरायल, न्यूजिलैण्ड, अष्ट्रेलिया, चीन, श्रीलंका र भारतमा सफलतापूर्वक यस बाख्राको व्यवसाय गरिएको छ । विगत केहि वर्ष यता नेपालमा पनि अगुवा कृषकहरुले यो बाख्रा पालन शुरु गरेका छन् । नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्न आवश्यक प्रविधि विकासका लागि कृषि अनुसन्धान केन्द्र (बाख्रा) वन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको छ ।

सवै प्रकारका हावापानीमा घुलमिल हुन सक्ने क्षमता छ । यस बाख्रामा स्थानीय बाख्रा भन्दा बढी रोग प्रतिरोधात्मक क्षमता छ । द्यगिभ त्यलनगभ, भ्लतभचयतयहझष्ब, एचगककष्लष्अ बअष्म उयष्कयलष्लन सँगको रोग प्रतिरोधात्मक क्षमता उच्च छ । लोकल बाख्रामा यसको अचयकक गर्दा ज्थदचष्म ख्ष्नयच पनि उच्च पाइएको छ । यसको मmण्डै १०० प्रतिशत जुम्ल्याहा पाउने क्षमता छ र २ वर्षमा ३ चोटी व्याउने गर्दछ । यस बाख्रामा तुलनात्मकरुपमा छिटो परिपक्वता आउँछ । अन्य बाख्राको तुलनामा दुध छुटाउनु अघि र पछि दुवै अवस्थामा सवै भन्दा बढी बृद्धिदर छ । यसका पाठापाठीको वृद्धिदर १५० देखि ३०० ग्राम प्रति दिन पाइएको छ । यस बाख्राले १२० दिनसम्म ७ देखि ९ प्रतिशत ँबत र १७ देखि १९ प्रतिशत क्ल्ँ भएको प्रति दिन २ लि.को दरले दूध उत्पादन गर्छ । यसका पाठापाठी ६ देखि ९ महिनाको उमेरमा बेच्न योग्य हुन्छन् । यस उमेरमा ३५ देखि ४० के.जी. पुग्ने र मासुको गुणस्तर राम्रो हुन्छ । म्चभककष्लन एभचअभलतबनभ ५१ प्रतिशत र ऋबचअबकक बाट ःभबत थ्ष्भमि ६८ प्रतिशत पाइएको छ ।
२.३ नेपालमा पालिने वर्णशंकर जातका बाख्राहरु

(क) जमुनापारी क्रस (खरी ह् जमुनापारी)
शुद्ध स्थानिय खरी जातको बाख्रामा (प्रतिवेत १.८ पाठापाठी हुर्काउन सक्ने) शुद्ध जमुनापारी बोका लगाएर जन्मेको ५० ५ का सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी ५० प्रतिशत एक आपसमा क्रस गराएर विकास गरिएको) जमुनापारी बर्णशंकर बाख्रा भन्ने गरिएको छ । यो जातको वर्णशंकर बाख्रा पहाडी भेगमा जमुनापारी भन्दा राम्रोसँग फस्टाउन सक्दछ । यो बाख्राको व्याउने अन्तर झण्डै खरी जस्तै छोटो (२८० दिन) हुन्छ । उमेर पुगेका १०० क्रस माउले प्रतिवेत १४५ वटा पाठापाठी पाउंछन् भने जमुनापारीले ११५ वटा (भारतमा १०० वटा मात्र) पाउंछन् ।

(ख) बारबरी क्रस (खरी ह् बारबरी)
शुद्ध स्थानिय खरी जातको बाख्रामा (प्रतिवेत १.८ पाठापाठी हुर्काउन सक्ने) शुद्ध बारबरी बोका लगाएर जन्मेका ५० प्रतिशतका सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी ५० प्रतिशत क्रस लाईन ब्रिडिङ्घ गरिएको) बारबरी वर्णशंकर बाख्रा भनिन्छ ।
बारबरी बर्णशंकर जातका बाख्रा खासगरी नेपालको पश्चिमी मध्य पहाड र गरम उपत्यकामा बुटवल देखि पश्चिममा राम्रोसँग फस्टाउने अनुभव गरिएको छ । यस्तो वर्णशंकर बाख्रा मासुका लागि उपयोगी हुने छ ।
ग) सानन् क्रस (खरी ह् सानन्)
यो शुद्ध स्थानिय खरी जातको बाख्रामा शुद्ध सानन् बोका लगाएर जन्मेको ५० ५ का सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी क्रस गराएर विकास गरिएको बर्णशंकर बाख्रा हो । यो बाख्राको व्याउने अन्तर झण्डै खरी जस्तै छोटो (२८० दिन) हुन्छ । सानन् वर्णशंकर मध्य पहाडी क्षेत्रमा पाल्न उपयुक्त हुन्छ । यसको दूध उत्पादन क्षमता जमुनापारीभन्दा राम्रो पाइएको छ ।

बाख्रामा प्रजनन व्यवस्थापन

बाख्रापालनका आवश्यक व्यवस्थापन पक्षहरु मध्ये उचित प्रजनन् व्यवस्थापन एक प्रमुख पक्ष हो । सन्ततीको वंश सुधारमा प्रजनन व्यवस्थापनको धेरै महत्व हुन्छ । सन्ततीहरुमा सम्पुर्ण गुणहरु आमा तथा वुवाबाट आधा आधा सर्ने हुन्छन् । त्यसरी आएको अनुवंशिय गुणहरुसँगै उचित आहारा, स्वास्थ्य तथा अन्य व्यवस्थापन र वातावरणिय अनुकुलता बाट नै बाख्राहरुवाट अपेक्षित उत्पादन तथा लाभ लिन सकिन्छ ।

बाख्राको प्रजनन्मा सिजनको प्रभाव

बाख्राको आँखामा पर्ने घामको प्रकाशले बाख्रा हिटमा आउने (बाख्राले बोका खोज्नु) कुरामा प्रभाव पार्छ । रात लामो हुने समयमा (सुर्यको प्रकाश कम अवधिसम्म लाग्ने) बाख्राको मस्तिष्को पाईनल ग्रन्थीबाट मेलाटोनिन नामको हर्मोन (रस) उत्पादन हुन्छ जसले मस्तिष्को पिटुटरी ग्रन्थीमा सिधै प्रभाव पारी एक किसिमको ँयििष्अभि क्तष्mगबितष्लन ज्यचmयलभ (ँक्ज्) नामको रस निकाल्छ र त्यसले बाख्राको पाठेघरमा अण्ड स्खलन गराउंछ । यो मेलाटोनिन रसका प्रभावले गर्दा हाम्रो देशमा पौष माघमा बाख्राले बोका बढी संख्यामा खोज्नुपर्ने तर यो समयमा घाँंसपातको अभाव हुने भएकोले कुपोषणको असरले गर्दा बाख्राले बोका कम खोज्छन् । यस्तो हुनु पौष माघमा बढी ठण्डी भएर पनि हुन सक्दछ । पोषण र ठण्डीको प्रभावले गर्दा बाख्राको प्रजनन् समय अली पर सरेर चैत्र र बैशाखमा पुगेको छ, जुनवेलामा ठण्डीको प्रभाव कम भईरहेको हुन्छ र रात पनि त्यति छोटो भईसकेको हुन्न । तातो र राम्रो आहाराको व्यवस्था भएका नेपालका केही भागहरmमा पौष र माघ महिनामा बाख्राहरुले बढी संख्यामा बोका खोज्ने अनुभव गरिएको छ । उष्ण प्रदेशमा पालीएका बाख्राले वर्षैभरी बोको खोज्दछन् जहां दिन रातको लम्वाईमा त्यति फरक पर्दैन ।

बोका लगाउने 
सालाखाला ३० वटा बाख्रामा बाली लगाउन (प्रजनन् गराउन) एउटा बोका हुनु पर्दछ । बोकालाई प्रजनन् कार्यको लागि प्रयोग गर्नु भन्दा एक महिना पहिला देखि राम्रो आहारा (३०० ग्राम प्रति बोका प्रति दिन) दिनुपर्दछ । व्याडको बोका धेरै दुब्लो वा धेरै मोटो हुनु हुँदैन । एक वर्ष देखि छ वर्षसम्म उमेर पुगेका बोका प्रजनन् कार्यमा उपयोग गर्नुपर्छ । बाख्राको जात हेरी १० देखि १५ महिना उमेर भएको बाख्रालाई उमेर पुगेको (एक वर्ष भन्दा बढी उमेर भएको) आपसी नाता नपर्ने बोकासँग प्रजनन् गराउनु पर्दछ । यसरी प्रजननको लागि प्रयोग गरिने बोका प्रत्येक १२ (१४ महिनामा फेर्दा हाडनाता प्रजनन्बाट जोगाउन सकिन्छ । बोकाहरु कलिलो उमेरमा (छ महिना भन्दा कम) बाख्रा लखेट्न थाल्ने भएकोले प्रजननको लागि प्रयोगमा ल्याईने बोकालाई अलग्गै नराखेमा आफ्नो नाता पर्ने बाख्रामा बाली जान सक्दछ । प्रजननको बोका २ वा २ भन्दा बढी पाठापाठी जन्माउने माउबाट जन्मेका जुम्ल्याहा मध्येबाट छनौट गर्नु पर्दछ ।

बाख्रीले बोका खोजेको ९ देखि ३६ घण्टा भित्रमा बोका लगाउन सकिन्छ तर १५ घण्टा देखि २७ घण्टा भित्रको समयमा बोका लगाउनु सबैभन्दा राम्रो हुन्छ । बोका लागेको बाख्रामा गर्भ नरहेमा पुन १८ देखि २१ दिन भित्र ऋतु चक्र दोहोरिएर बोका खोज्ने हुन्छ । कुनै कुनै बाख्रीले गर्भीणी अवस्थामा पनि पटक पटक बोका खोजी रहने भए पनि यो अवधिमा बोका लगाउनु हुँदैन । प्रजनन्को बोका बाख्राको वथानबाट सधैं अलग राख्नु पर्दछ । बोका बाख्रा एकै ठाउंमा सधैं राखेमा अनियन्त्रित प्रजनन् हुनाको साथै बोकाले बाख्रालाई दुःख दिन्छ ।
यौन अंग वा यौन सम्बन्धी रोग लागेको बोका या बाख्रंीलाई प्रजननको लागि प्रयोग गर्नु हुँदैन । कुनै कुनै जातको बाख्राले बोका खोजेको बाहिरी लक्षण नदेखाउने पनि हुन्छ । त्यसकारण प्रत्येक दिन केही बेर बोकालाई बाख्रीसँग बथानमा मिसाउंदा प्रजनन सम्बन्धी समस्यामा कमी आउँछ ।
ठण्डी यामको २ महिना (मंसिर १५ देखि माघ १५सम्म) र वर्षाको याममा एक महिना (श्रावण) गरी वर्षमा ३ महिना पाठापाठी नजन्मने गरी बाख्रामा प्रजनन गराउनु पर्दछ । यसो गर्नाले पाठापाठीको मृत्युदरलाई कम गराउन सकिन्छ ।
बाख्राले बोका खोजेको मुख्य लक्षणहरु 
–    बेचैन हुने
–    पुच्छर हल्लाउने
–    मन लगाएर दाना घाँस नखाने
–    अकस्मात दूध उत्पादन घट्ने
–    सुत रातो हुने र अलिअलि सुन्निने
–    बोका बाख्रा अगाडी जे भेटे पनि चढ्ने
साधारणतया व्याएको ५० देखि ६५ दिनपछि बाख्राले फेरी बोका खोज्न थाल्दछ । बाख्रा व्याएको २–३ महिनाको अवधिमा पुनः बोका लगाउँदा उपयुक्त हुन्छ र बाख्रा २ वर्षमा ३ पटकसम्म व्याउन सक्ने हुन्छ ।
बाख्रामा वंश सुधार गर्ने तरिकाहरु
बाख्राको उत्पादन तथा उत्पादकत्वमा सुुधार ल्याउन प्रजनन् व्यवस्थापनले प्रमुख भुमिका खेल्दछ । वंश सुधार गर्नुको मुख्य उद्देश्य आर्थिक रुपमा महत्वपुर्ण गुणहरु जस्तै मासु उत्पादन, दूध उत्पादन, पश्मिना उत्पादन आदि गुणहरुमा सुधार ल्याउनु हो । प्रजनन् व्यवस्थापनबाट उत्पादकत्वमा सुधार ल्याउन मुख्य रुपमा ३ तरिकाहरु अपनाउन सकिन्छ ।
(क)    छनौट प्रणाली अपनाइ राम्रो बाख्राहरु छान्दै क्रमिक रुपमा उत्पादन क्षमतामा सुधार
ल्याउने ।
ख)    कम उत्पादन क्षमता भएका बाख्रामा उन्नत नश्लबाट प्रजनन् गराइ क्रस पाठापाठी उत्पादन गर्ने ।
(ग)    कम उत्पादकत्व भएका बाख्रालाई उन्नत बाख्राबाट प्रतिस्थापन गर्ने ।
(क) छनौट प्रजनन प्रणाली
कुनै पनि जिवित प्राणिमा पाइने सम्पुर्ण गुणहरु यसको वुवा तथा आमावाट आधा(आधा रुपमा प्राप्त हुन्छन् । यस अर्थमा राम्रो आमा वुवावाट निस्केका सन्तान राम्रो हुने गर्दछन् । यस सिद्धान्तको आधारमा प्रजनन्को लागि आर्थिक महत्वका गुणहरु (मासु, दूध र पाठापाठी उत्पादन) राम्रो भएका वोका तथा बाख्रीहरु छनौट गरी प्रजनन् गराई निस्केका सन्ततीमा ति आर्थिक महत्वका गुणहरुमा सुधार ल्याउने पद्धतिनै छनोट प्रजनन् प्रणाली हो ।
छनौट कार्यलाई प्रभावकारी वनाउन सबभन्दा पहिले राम्रो रेकर्ड राख्ने व्यवस्था मिलाउनु पर्दछ । उत्पादन क्षमता वंशाणुगत गुणको साथै पालन पोषणको वातावरण र व्यवस्थापनमा समेत भर पर्छ । शारीरिक वृद्विदर, दूध उत्पादन क्षमता आदि जस्ता गुणहरु सन्ततीमा चाँडै र धेरै सुधार गर्न सकिन्छ भने प्रजनन् सम्बन्धि गुणहरुको सुधार ढिलो र थोरै हुन्छ ।
छनौटबाट हुनसक्ने सुधार निम्न कुराहरुमा भर पर्दछ ।
    गुणहरुको सन्ततिमा सर्न सक्ने अनुपात
    बाख्राहरु बीचमा गुणहरुमा रहेको फरक
    वथानमा रहेका सम्पूर्ण बोका बाख्राहरुको संख्या र छनोट गर्नु पर्ने संख्या
छनोट गर्ने आधारहरु
बोका तथा वाख्राहरुको वंश सुधारका लागि छनौट निम्न आधारमा गर्न सकिन्छ ।
क)    आफ्नै क्षमताको आधारमा
ख)     बुवा आमा तथा सम्वन्धितहरुको क्षमताको आधारमा
ग)     सन्ततिको क्षमताको आधारमा
आफ्नै क्षमताको आधारमा छनौट गर्नको लागि बथानका सबै बोका बाख्राहरुको रेकर्ड ठिकसँग राखी ति रेकर्ड केलाई हरेकको उत्पादन क्षमता निकाली उच्च उत्पादन क्षमता भएका बोका तथा बाख्राहरुलाई प्रजनन्को लागि छनौट गरिन्छ । उदाहरणको लागि एउटा बथानमा भएको ५ पाठाहरुको ६ महिनाको तौल क्रमशः १८, १७.५, १७, १६.५ र १६ के.जी छ भने सबैभन्दा बढी ६ महिनाको तौल भएको पहिलो उत्पादन क्षमताको आधारमा छनौट गर्नु उपयुक्त हुन सक्दछ ।
उदाहरणको लागि मासुको गुणस्तरमा सुधार ल्याउनको लागि जनावर नै मार्नुपर्ने भएको हुँदा यस्तो अवस्थामा आफ्नै क्षमताको आधारमा प्रजनन्को लागि छनौट गर्न सकिदैन । त्यस्तै कुनै अवस्थामा सम्बन्धित गुण प्रदर्शन गर्नु भन्दा पहिले नै त्यस बाख्रा बोकालाई छनौट गर्नुपर्ने पनि हुन सक्दछ । यस्तो अवस्थाहरmमा छनौट गर्नुपर्ने बोका बाख्राहरुको बुवा आमा तथा सम्बन्धितहरुको क्षमताको आधारमा छनौट गर्नुपर्ने हुन्छ ।
यसको साथै सन्ततीको क्षमताको आधारमा पनि छनौट गर्न सकिन्छ । दूधको लागि पालिने बाख्राहरुको बथानमा दूध उत्पादन क्षमताको लागि बोकाहरm छनौट गर्नुपरेमा ति बोकाहरुबाट जन्मिएका पाठीहरmबाट दूध उत्पादन भएपछि औसतमा जुन बाख्राहरmको समूह
(एउटै बोकाबाट जन्मेका) बाट बढी दूध उत्पादन हुन्छ । त्यहि बोकालाई प्रजनन्को लागि छनौट गरिन्छ । यस कार्यको लागि घटीमा ४(५ वर्ष लाग्दछ ।
(ख) वर्णशंकर (क्रस ब्रिडी·)
दुई भिन्न जात नश्लका बाख्रा बोकावीच क्रस गराइ पाठापाठी उत्पादन भएपछि त्यस्ता पाठापाठीलाई वर्णशंकर भनिन्छ । बाख्राको जात नै छुट्टै भएकोले नाता पर्ने अवस्था यस प्रजनन प्रणालीमा हुँदैंन । पाठापाठी उत्पादन गर्न बाख्राको वथानमा अर्को जातको बोका लगाएर क्रस गराउने चलन रहेको छ । हाल नेपालमा जमुनापारी, बीटल, वारवेरी र सानन जातका उन्नत बोकाहरु कुनै कुनै ठाउमा स्थानीय बाख्रासँग क्रस गराएर पाठापाठी उत्पादन गरिन्छ ।
रोग प्रतिरोध क्षमता बढी भएको, जुम्ल्याहा, तिम्ल्याहा जन्माउने गुण भएको, दुई वेतको अन्तरमा धेरै फरक नभएको, कमसल आहारा व्यवस्थापनमा पनि राम्रो उत्पादन दिन सक्ने गुण भएको स्थानीय जातका बाख्रालाई उच्च उत्पादन क्षमता भएका मूलका बाख्राहरुसँग प्रजनन गराई समग्र उत्पादकत्वमा वृद्धि गर्न यो प्रणाली अपनाईन्छ । यो प्रणाली अपनाउदा एक पक्षीय गुणमात्र नहेरी दुई पक्षीय आर्थिक महत्वका गुणहरुमाथि ध्यान दिनु पर्ने हुन्छ । वर्णशंकर प्रजनन्बाट जन्मिएका पाठापाठीहरु उत्पादन क्षमताका हिसाबले बुवा आमाको औसत अथवा सो भन्दा पनि राम्रो हुन सक्दछन् ।
उदाहरणको लागि खरि वाख्राको जन्मदेखि १ वर्षको उमेरसम्म औसत दैनिक शारीरिक वृद्धिदर ५० ग्राम तथा जमुनापारी बाख्राको १०० ग्राम प्रतिदिन छ भने यी दुइ वाख्रहरुको वर्णसंकर पाठापाठीहरुको औसत दैनिक वृद्धिदर ७५ ग्राम अनुमान गर्न सकिन्छ तर यी पाठापाठीहरुको औसत दैनिक वृद्धिदर ७५ ग्राम भन्दा बढी पनि हुन सक्ने सम्भावना हुन्छ ।
(ग) जातीय प्रतिस्थापना (नया“ जात ल्याएर पाल्ने)
यस विधिमा नयाँ जातको बाख्राले पुरानो जातको बाख्रालाई प्रतिस्थापन गरिन्छ । तर एक किसिमको हावापानीमा हुर्कने जात अर्को किसिमको हावापानीमा लैजांदा प्रतिकुल मौसमको कारण नफस्टाउने मात्र होइन, नयाँ जातका बाख्राले पुरानो या स्थानीय जातकोलाई प्रतिस्थापन गर्दा निकै खर्चिलो हुने भएकाले यो प्रकृया हाम्रो जस्तो देशको निम्ति उपयुक्त देखिदंैन ।

प्रजननको लागि बोका बाख्राको छनौट
प्रजनन्को लागि बोका बाख्राहरु छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :
बाख्रा
–    फुर्तिलो, दानापानी रुचाएर खाने, छाला, रौं सफा र चम्किलो, उमेर अनुसार शारिरिक वृद्धि भएका स्वस्थ बाख्राहरु मात्र प्रजननका लागि छनौट गर्ने ।

–   सकभर जुम्ल्याहा रुपमा जन्मेकाहरु मध्येबाट छनौट गर्नुपर्दछ । प्रजनन् सन्बन्धि तथा अन्य रोग नभएको हुनु पर्दछ ।
–    दूधको लागि पालिने बाख्राहरुमा दूध उत्पादन क्षमता राम्रो भएको तथा लामो खुट्टा, छिनो
(ध्भमनभ) आकारको शारिरीक वनावट तथा कल्चौडोको राम्रो विकास भएको हुनु
पर्दछ ।
–    शारिरीक वनावटमा कुनै खोट हुनु हुँदैन । मासुको लागि पालिने बाख्रामा शारिरकि वृद्धिदर बढी भएको तथा आयातकार शरिरको (च्भअतबलनगबिच क्जबउभ) भएको हुनु पर्दछ ।
–    बढी पाठापाठी जन्माई हुर्काउने क्षमता भएको हुनुपर्दछ ।
–    जन्म तौल सामान्यतया २ के.जी. भन्दा बढी र ६ महिनाको उमेरमा १५ के.जी. भन्दा बढी शारिरिक तौल भएको बाख्राहरु छनौट गर्ने ।
–    छनौट गर्ने बाख्राले स्थानिय हावापानी सहन सक्ने र स्थानिय रुपमा उपलब्ध घाँसपात उपयोग गर्ने खालको हुनुपर्दछ ।
–    १८ महिनाको उमेरमा सबैभन्दा बढी शारिरिक तौल भएको बाख्राको सन्तानहरु छनौट गर्नुपर्दछ ।

बोका
–    छनौट गरिने बोकाहरुको जात अनुसार जातीय गुण प्रष्ट देखिने हुनुपर्दछ ।
–    बोकाहरु स्वास्थ्य, शारिरीक वृद्धि राम्रो भएको, वलियो तथा आकर्षक शारिरीक वनावटको हुनु पर्दछ ।
–    बोका कुनै पनि प्रजनन सम्बन्धि रोग तथा अन्य रोगहरबाट मुक्त हुनु पर्दछ ।
–    बोकाको टाउको तथा गर्दन शरिरको अनुुपातमा मिल्दो हुनुपर्दछ ।
–    बोका चौडा छाती, सिधा तथा बलियो खुट्टा भएको हुनुपर्दछ ।
–    दुवै अण्डकोष राम्रोसँग विकास भएको हुनु पर्दछ ।
–    भरसक जुम्ल्याहा जन्मिएको मध्येबाट बथानमा आफ्नो दौतरीहरmको भन्दा बढी शारिरीक वृद्धि दर भएको हुनु पर्दछ ।
–    दूधको लागि बाख्रा पालन गरिएको हो भने प्रजनन्को लागि छनौट गरिने बोका राम्रो दूध दिने माउबाट जन्मेको हुनु पर्दछ ।

बाख्राको खोर व्यवस्थापन

व्यावसायिक बाख्रापालनको लागि व्यवस्थित खोर निर्माण तथा यसको व्यवस्थापन एक महत्वपूर्ण पक्ष हो । बाख्रापालनको लागि गाउँघरमा कृषकहरुले आप्mनो परम्परागत तरीकाले खोर बनाउने चलन छ । साधारणतया एउटै खोरमा सवै बाख्राहरु मिश्रित अवस्थामा राखेको पाइन्छ । खोरको क्षमता भन्दा बढी संख्यामा बाख्रा राख्ने गरेकोले बाख्रालाई प्रयाप्त ठाउँको कमि हुँदा विरामी हुने, एक आपसमा जुधेर तुहिने, वस्न नपाई अनेकौं विकृति देखा पर्ने गर्दछन् । बाख्राको खोर बनाउँदा बाख्राको जात, स्थानीय हावापानी, भौगोलिक अवस्था आदि कुराहरुलाई विचार गर्नु पर्दछ ।
बाख्राको खोर बनाउ“दा ध्यान दिनुपर्ने कुराहरु
–    बाख्राको खोरको लागि गाउँ÷ठाउँको वस्तुस्थिति खासगरेर हावापानी, सिरेटो, तातो हावा, एवं सूर्यको प्रकाशको अवधिलाई विचार पु¥याउनुका साथै पानी नजम्ने र केहि अग्लो स्थानको छनौट हुनु पर्दछ ।
–    छनौट गरिएको ठाउँमा पछि आवश्यकता अनुसार फार्म विस्तार गर्न प्रयाप्त जमिन भएको हुनु पर्दछ ।
–    खोर चरन तथा घाँस खेतीको विकास गर्न सकिने ठाउँबाट नजिक हुनुपर्दछ ।
–    खोर निर्माण गर्ने स्थान यातायात र वजारको विकास भएको ठाउँबाट नजिक हुनु पर्दछ ।
–    स्वच्छ पिउने पानी उपलव्ध हुनसक्ने स्थानमा बाख्राको खोर निर्माण गर्नु पर्दछ ।
–    पहाडीभेगमा खोर बनाउँदा दक्षिण वा पूर्व मोहोडा र तराई वा गर्मि ठाउँमा उत्तर वा पश्चिम मोहोडा पारी बनाउनु उपयुक्त हुन्छ ।
–    खोर निर्माणमा सिफारिस गरिएको मापदण्ड अनुसार हुने गरि स्थानीयस्तरमा उपलव्ध हुने कम खर्चिलो वस्तुहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
–    बाख्राको लागि आवश्यक दाना, घाँस राख्नको लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्छ ।
–    खोर निर्माण गर्दा पाठापाठी, थारा माउ, व्याउने, व्याएका माउ, खसी र प्रजनन् बोकालाई छुट्टा छुट्टै राख्ने व्यवस्था मिलाउनु पर्छ । वयस्क बोकाहरुलाई बाख्राहरुसँगै एकै ठाउँमा राख्दा अनियन्त्रित गर्भधारण हुने र व्याउने बाख्रा भएमा तुहिने डर हुन्छ ।
–    माउसँग दूध नछुटेका पाठापाठीहरुको खोर÷कोठा र माउ वस्ने कोठा एक आपसमा देखिने हुनुपर्दछ ।
–    माउबाट छुटाईसकेका, हुर्केको र वयस्क हुन लागेका पाठापाठीहरुलाई छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्था गरि खोर बनाउनु पर्छ ।
–    बाख्राले साधारणतया भुँईमा खसेको घाँस वा दाना टिपेर खान नरुचाउने भएकोले घाँस राख्ने ¥याक (टाट्नो) बनाउनु पर्दछ ।
–    बाख्रालाई दानापानी खुवाउन एवं हिडडुलको लागि खोरको अतिरिक्त खुला ठाउँ (प्याडक) को व्यवस्था गर्नु पर्छ ।
–    प्याडकमा दाना र पानी खुवाउनको लागि छुट्टाछुट्टै डुँड बनाउनु पर्दछ ।
–    विरामी बाख्रा र अन्यत्रबाट किनेर ल्याइएका बाख्राबाट सक्रामक रोगहरु फैलिने संभावना भएकोले यस्ता बाख्रालाई अलग्गै खोरको व्यवस्था गर्नुपर्दछ । यस्तो खोर स्वस्थ्य बाख्राको खोर भन्दा टाढा बनाउनु पर्छ ।
–    विशेष गरि मध्य पहाडी क्षेत्रमा जंगली जनावरको डरले गर्दा टाँडको तल्लो भागमा पर्खाल लगाउने गरेको पाइएको छ । यसले गर्दा बक्र्यौला हटाउन, सरसफाइ गर्न असजिलो हुनुका साथै यसबाट निस्कने ग्याँस जन्य विषाक्त पदार्थले बाखा्रको स्वास्थ्यलाई असर पार्ने भएकोले पर्खाल लगाउनु उपयुक्त हुँदैन ।
खोरको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु
–    हिउँदको समयमा खोरभित्र बसेका बाख्रालाई चिसोबाट बचाउन जुटका बोरा झुण्डाउने तर दिनमा (झरी बादलको दिन वाहेक) बोरा सारेर घाम खोरमा पस्न दिएमा खोर स्वस्थकर हुन्छ ।
–    साधारणतया बच्चा जन्माउनु भन्दा ४ देखि ७ दिन अगाडिदेखि बच्चा पाएको एक हप्तासम्म माउ बाख्राहरु अलग्गै राख्नु पर्छ ।
–    टाँडमुनी थुप्रिएको बड्कौलालाई कम्तिमा हप्ताको २ पटक हटाउनु पर्छ । समय समयमा यसरी बडकौंलाहरु ननिकालेको खण्डमा यसबाट निस्कने ग्याँस र फोहोरले बाख्राको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै वजन नबढ्ने र प्रजनन् क्षमतामा समेत ह्रास आउनुको साथसाथै स–साना पाठापाठीहरुको मृत्युदर बढ्ने गर्दछ ।
–    खोर सफा गर्न फिनेल पानीको १∞ को झोल प्रयोग गर्नु उपयुक्त हुन्छ । खोरको वरिपरी सफा गर्न फिनेल र पानीको अनुपात १ः३२—१ः५० हुनुपर्छ । फिनेलको सट्टा ब्लिचिङ्ग ९द्यभिबअजष्लन० पाउडरको ५∞ को झोल तयार गरि प्रयोग गर्न सकिन्छ ।
–    बाख्रालाई दानापानी खुवाउने डुँडको नियमित रुपमा सरसफाई गर्नु पर्दछ ।
–    जैविक सुरक्षाका लागि आवश्यक पर्ने फेन्सिङ्ग, चूनको प्रयोग जस्ता कुराहरुलाई अवलम्बन गर्नु पर्दछ ।
–    बाह्य परजिवी नियन्त्रणको लागि बाख्राको खोरलाई पनि उपचार गर्नुपर्ने हुन्छ । यसको लागि डिपिङ्ग गर्दा प्रयोग गरिने विषादी नै प्रयोग गर्न सकिन्छ । यस बाहेक निम्न तालिका बमोजिमको मात्रा मिलाएर खोरमा छर्दा बढी प्रभावकारी हुने देखिन्छ ।

विषादीको नाम औषधिको मात्रा अवधि
नुभान १ प्रतिशत हरेक १५ दिनमा
सेभिन ०.८ प्रतिशत हरेक १५ दिनमा
असन्टोल ०.२५ प्रतिशत हरेक १५ दिनमा
लिन्डेल ०.२५ प्रतिशत

प्रतिक्रिया दिनुहोस्