बाँदर धपाउन स्थानीयले गर्नथाले खेतला प्रयोग

बाँदर धपाउन स्थानीयले गर्नथाले खेतला प्रयोग

कल्पाना सापकोटा, दोलखा/ जिल्लाको भीमेस्वर नगरपालिकाका जिलुमा बिगत केहि महिना देखी बाँदरले आतंक मच्चाउन थालेपछि स्थानीयहरुले बादर धपाउन खेतलानै राख्न थालेका छन् । असारको चटारो भएपनि यहाँका स्थानीयलाइ यतिबेला हिउँदे बालि जोगाउन बाँदर धपाउने चटारो उतिकै रहेको छ ।

चैतमा लगाएको मकै भर्खर घोगा लाग्न थालेका छन् । आफुले लगाएको मकै सुत्ला बस्न सुरु हुने नपाउँदै बाँदर आएर खान थाल्छ गत वर्ष पनि आफ्नो १२ रोपनी खेतबारीमा लगाएको मकै बाँदरले नस्ट गरेको सुनाउछिन भिमेश्वर नगरपालिका वडा नम्बर –४जिलु भट्मासेकि स्थानीय सारदा सापकोटा । उनि भन्छिन्, असार महिना भएकाले कामको चटारो बढेपनि रोपाइँ गर्न भन्दा पनि बाँदर धपाउनको लागी खेतला खोज्नु परेको छ । करिब ६० देखी १०० को हाराहारीमा बाँदरको लस्कर बारीमा छिर्छ्न एकलै बारिमा जान काम गर्न समेत जान डरमर्दो हुने भएकाले बाँदर धपाउन खेतालानै राख्नुपर्ने भएको उनले बताईन् ।

दोलखा जिल्लाका अन्य ठाँउमा बाँदरको आतंक सामान्य भएपनि दोलखाको भिमेश्व नगरपालिकामा भने ठुलो बाँदर आतंक रहेको छ । ९ वटा वडा रहेको भिमेश्वर नगरपालिकाम रहेको वडा नम्बर ६ बाहेक अन्य सबैवडामा बाँदरको आतंक ठुलो रहेको स्थानीय स्थानीय हरुको गुनासो रहेको छ । भिमेश्वर नगर पालिका वडा नम्बर ४ र ५मा मुख्य खेतीको रुपमा कृषकहरुले लगाएको मकै,गहुँ, धान , आलु र फलफूल सगै तरकारीमा बाँदर लागेपछि आज भोलि आफ्नो भको जग्गा पनि बाजै राख्नु परेको बताउछन् भिमेश्वर नगरपालिका वडानम्बर९ ४ पुरानो चौउर जिलुका स्थानीय रन बहादुर बस्नेत । आजभोलिको रन बहादुरको समय खेतीपातीमा भन्दा पनि बाँदर हेरेरनै बित्ने गरेको छ । पाखाटोल,राउतगाउँ, खैँदाल,सर्पा लगायतका स्थानमा पनि बाँदरले ठुलो क्षेति पुर्याउनुको साथै भीमेश्वर नगरपालिकाको वडा नम्बर ४ को फस्मी,कोलीघोगडी, पिप्ले, गोबरधन, डिही लगायतका स्थानमा बाँदरले वालीनाली सखाप पारेकोे छ ।

बाँदर व्यवस्थापन गर्न स्थानीयहरु वडा कार्यालयमा बाँदरले पुर्याएको क्षेतिपुर्ती सहितको माग लिएर आउने गरेपनि आफुले बजेट अभावका कारण केहि गर्न नसकेको बताउँछन् भिमेश्वर नगरपालिका वडा नम्बर–४का वडा अध्यक्ष हरिबंश चौलागाई ।
त्यस्तैगरि भीमेस्वर नगरपालिकाको वडा नम्बर २ को सिंहबन, कालिबनको आसपासका सबै स्थानमा बाँदरले किसानहरुलाई हैरान बनाइरहेको सुनाउछन् भिमेश्वर नगरपालिका वडा २का अध्यक्ष विराजमान श्रेष्ठ । भिमेश्व नगर पालिका वडानम्बर जिलु डिहीका कृषक अम्बीका चौलागाईले बाँदरले वालीनालीमा क्षेति पु¥याउनुका साथै बाँदरको हुलआएर घर भित्रै राखेको अन्नबाली समेत उठाएर लाने गरेको दुखेसो सुनाइन् ।  पछिल्लो समय दोलखाका अधिकांस ठाउँमा बाँदरले कृषकले लगाएको तरकारी बाली, नगदेबाली, फलफुल नष्ट गरेर दुख दिएपछि स्थानीयहरुले खेतिपाति नै गर्न छाडेका हुन .

प्रतिक्रिया दिनुहोस्