बर्दिवास पूर्ण खोपयुक्त नगर घोषणा

बर्दिवास पूर्ण खोपयुक्त नगर घोषणा

बर्दिवास/ स्थानीय स्वामित्व र सहभागिता,पुर्ण खोप नगरपालिका सुनिश्चिता तथा दिगोपन पूर्ण खोपयुक्त नगर महोत्तरीको बर्दिवास नगरपालिकालाई घोषणा गरिएको छ ।

नगरका सबै शिशुहरु खोपको पहुँचमा पुगेपछी यसलाई पूर्ण खोप युक्त घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र शाहले बताए । नगरमा ७ ओटा स्वास्थ्य चौकी, एउटा सरकारी अस्पताल, ४ ओटा शहरी स्वास्थ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ केन्द्र सञ्चालनमा रहेपनि शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ केन्द्रबाट खोप सेवा प्रदान गरिएको छैन । त्यसैगरी प्रत्येक स्वास्थ्य चौकी र अस्पताल मा ५ ओटा खोप केन्द्र राखिएको छ । बर्दिबासमा गत श्रावण महिनादेखी हाल सम्म ११ सय ३० जना बाल बालिकाले खोप सेवा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्