बर्दगोरिया गाउँपालिकामा भौतिक पूर्वाधारहरुको निर्माण कार्य तिव्र अवस्थामा हुदैं

बर्दगोरिया गाउँपालिकामा भौतिक पूर्वाधारहरुको निर्माण कार्य तिव्र अवस्थामा हुदैं

कविता पोखरेल/रतन वि.क
पौष २ बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा भौतिक पूर्वाधारहरुको कामले तिव्रता पाएको अवस्था छ । मुख्य सडकहरुमा पीच गर्ने र विद्यालयको भवन निर्माण कार्य तिव्र अवस्थामा भइरहेको गाउँपालिकाका अध्यक्ष बलिराम डंगौरा थारुको भनाई छ । उहाँले भन्नुभयो बर्दगोरिया गाउँपालिमा जम्मा ६ वडा रहेको छ । प्रत्येक वडामा वडा कार्यलयको भवन निर्माण कार्य भइरहेको अवस्था छ । जसमध्ये २ वडा कार्यलय बनिसकेको र अन्य बाँकी निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष थारुले भन्नुभयो ।

यस्तै कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि प्रत्येक वडामा क्वारेन्टाइन र होम आइसोलेशनको व्यवस्था रहेको छ । गाउँपालिकामा कोरोनाको जोखिम उच्च रहेकोले विभिन्न जनचेतामुलक कार्यक्रमहरु मार्फत प्रत्येक टोलटोलमा सतर्कता अपनाएका छौं थारुले बताउउनु भयो । संक्रमण रोकथामको लागि र नागरिकहरुलाई सचेत गराउनका निम्ती सबै वडामा स्वास्थ्यकर्मी र स्वयंमसेवकहरुको व्यवस्था रहेको अध्यक्ष थारुले जानकारी दिनुभयो । गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रहरुलाई प्रबद्धन गर्ने उद्येश्यले विशेष जोड दिदैं अघि बढीरहेका छौं उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्