प्रधानमन्त्री ओली र यूवा नेता पौडेलको रचनामा राष्ट्रियताले ओतप्रोत एल्बम सार्वजनिक

प्रधानमन्त्री ओली र यूवा नेता पौडेलको रचनामा राष्ट्रियताले ओतप्रोत एल्बम सार्वजनिक

काठमाडौ । प्रधानमन्त्री केपी ओलीको रचना तथा राष्ट्रिय यूवा संघ नेपालका सहसंयोजक तथा यूवा नेता रमेश पौडेलको संयोजनमा तयार भएको “सम्वृद्ध नेपाल, सुखि नेपाली” नामक गिती एल्वम सार्वजनिक भएको छ । यसमा नेपालको समृद्धि र नेपाली जनताको सुखसँग समर्पित ५ वटा गितहरु समावेश छन् ।
आज शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा वढि सडक मानवहरुलाई खाना खुवाउँदै उनीहरुको हातबाटनै एल्वम सार्वजनिक गरिएको थियो । एक पुरुष र एक महिला सडक मानवलाई नै प्रमुख अतिथि बनाएर उनीहरुकै हातबाट एल्वम सार्वजनिक गरिएको थियो ।


स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रस्वास लाई प्रधानमन्त्री केपी ओलीले रचना गर्नु भएको हो भने शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ , हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखि खुसी जनता नाँचको रमेशकुमार पौडेलले रचना गर्नुभएको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिनभएको छ । त्यसैगरि, सम्बृद्ध नेपाल सुखी नेपाली बोलको गितमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ ।

मुर्छिएका सपनाहरु व्युँझायौ तिमिले लाई रमेशकुमार पौडेलले रचना गर्नु भएको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ त्यसैगरि पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो बोलको गितमा विपिन किरणको रचना बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ । किरण क्रियसनले बजार व्यवस्थापन गरको गिति संग्रहमा संगित संयोजन आमोश तामाङ रहको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम राईले संगित भर्नु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल र सुखि नेपाली बनाउँको लागी लिनुभएको पहलकदमीलाई जनतामाझ लैजानको लागी गिति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्