पोखराको सडकमा फोहोर फाल्ने मुकेशले तिरे १५ हजार जरिवाना

पोखराको सडकमा फोहोर फाल्ने मुकेशले तिरे १५ हजार जरिवाना

पोखरा । पोखरा महानगरले जथाभावी फोहोर फाल्नेलाई कारबाही थालेको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्ति वनमार्गको सडकमा फोहोर फाल्दै गर्दा भेटिएका मुकेश कुमार शाहलाई १५ हजार रुपैँया जरीवाना तिराइएको हो ।

मान्छे नभएको मौका छोपेर सडक र सडक छेउमा फोहोर फाल्नेलाई तत्कालै कारबाही गरिएको महानगरकी सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिईन् ।

उनका अनुसार जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना गरीने छ । ‘महानगरले जथाभावी फोहोर फाल्ने विरुद्ध कडा निगरानी गरिरहेको छ । जतिबेला पनि कारबाहीमा पर्न सक्छन्, उनले भनिन्–खुला ठाउँमा फोहोर फालेको देख्ने वित्तिकै रसिद काटेर जरिवाना तिर्न लगाईन्छ । आफुँले फालेको फोहोर पनि आँफैले उठाएर लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्