पुनर्वास नगरपालिकाको ११ वटै वडामा सडक पुग्ने

पुनर्वास नगरपालिकाको ११ वटै वडामा सडक पुग्ने

कविता पोखरेल/रतन वि.क.
पौष ७, पुर्नवास नगरपालिका । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकाको ११ वटै वडामा सडक पुग्ने भएको छ । चाँडै नै प्रत्येक वडामा सडक पुर्‍याउने गरी योजना तर्जुमा गरिएको नगर प्रमुख जीवन राज थापाको भनाई छ । नगरपालिकामा भौतिक पूर्वाधारको काम तिव्र अवस्था भइरहेको मेयर थापाले भन्नुभयो । सडक, भवन, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत सम्पूर्ण क्षेत्रलाई समेट्दै विकास निर्माण कार्यमा पालिका समग्र रुपमा निरन्तर अघि बढी रहेको देखिन्छ । नगर प्रमख थापाले बताउनु हुदैं पहिलेको तुलनामा विकास निर्माण कार्य धेरै भएको महशुस भएको बताउनु भयो ।

यस्तै, ३० करोड लगानीमा प्याराताल निर्माण कार्य सम्पन्न भएको छ । जसको चौडाई ५ सय कि.मी. रहेको नगर प्रमुख थापाले भन्नुभयो । साथै, कोरोनाको उच्च जोखिम रहेको भन्दैं रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरुलाई सतर्कता गराएको छ । बाहिरबाट आएको नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरिएको छ । उनीहरुलाई आवश्यक पी.सी.आर परीक्षण पश्चात घर पठाउने व्यवस्था रहेको भन्नुभयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि १५ शैयाको हस्पिटल निर्माणको लागि शिल्यान्यास कार्यक्रम सम्पन्न भएको थापाले जनाउनु भयो । स्वास्थ्यको मापदण्डमा रही पुर्नवास नगरपालिका भित्रका सबै विद्यालयहरुमा पठनपाठनहरु सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्