पुडासैनी मृत्यु प्रकरणः रवि लामीछाने लगायत तीनैजनालाई आज अदालतमा पेश गरिँदै

पुडासैनी मृत्यु प्रकरणः रवि लामीछाने लगायत तीनैजनालाई आज अदालतमा पेश गरिँदै

चितवन। आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजनालाई आज चितवन प्रहरीले जिल्ला अदालत पेश गर्न भएको छ ।

अनुशन्धान बाँकी रहेमा फेरि म्याद थप हुने र पुरा भए मुद्दा दायर हुने नियम छ । हिरासतमा लिएको व्यक्तिलाई अनुशन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी प्रवधान छ । चितवन प्रहरीले रवि लामिछाने लगायतलाई अनुशन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय पाइसकेको छ । आवश्यकता देखिएमा फेरि म्याद थप हुने र अनुशन्धान पुरा भए जिल्ला न्यायाधीवक्ता सरकारी वकिल मार्फत अदालतमा मुद्दा दायर हुने गर्दछ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक दानबहादुर मल्ल यो विषयमा अहिल्यै केही भन्न नमिल्ने बताउँछन् । तर गिरफ्तार भएका व्यक्तिहरु विरुद्ध अनुशन्धानका लागि आज म्याद थप हुने भन्दा पनि मुद्दा दायर हुने सम्भावना बढी रहेको जानकारहरु बताउँछन् । मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ ।
यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ । मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायधीसले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन् । यसरी मुद्दा दायर भएपछि सामान्यतया दुई वर्षभित्र अभियुक्तहरु दोषि वा निर्दोष के हुन् भन्ने फैसला अदालतले गर्छ ।

साउन २० गते राति नारायणगढको एक होटलमा काठमाडौंको माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा रवि लामिछानेसहित तीनजनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ । प्रहरीले रवि लामिछाने लगायत गिरफ्तार व्यक्तिहरुलाई शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अर्थात दुरुत्साहन अभियोगमा मुद्दा चलाउन अनुशन्धान गरेको हो । उनीहरु साउन ३० गते काठमाडौंबाट समातिएका हुन् ।

नेपालमा गत वर्षको भदौदेखि लागु भएको नयाँ कानुन अनुशार आत्महत्या गर्न बाध्य पारे पनि सजाय हुने व्यवस्था भएका हो । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ । चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका पाँच मुद्दा दायर भएका छन् । तिमध्ये दुईवटा मुद्दा फैसला भएको छ । जसमा आरोप लागेका व्यक्तिहरुलाई एउटा मुद्दामा ६ महिना र अर्कोमा एक वर्षसम्म कैद भएको छ ।

प्रतिक्रिया दिनुहोस्