पलाँता गाउँपालिका पहिलो प्राथमिकता पूर्वाधार विकास

पलाँता गाउँपालिका पहिलो प्राथमिकता पूर्वाधार विकास

कालिकोटको पलाँता गाउँपालिकाले भौतिक पूर्वाधार अन्र्तगत सडकलाई पहिलो प्राथमितामा राखेको छ ।

सडक सञ्जालले नछोएको पलाताका सबै वडामा सडक पुर्‍याउने योजना रहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँली कान्छाले जानकारी दिनुभयो । सदरमुकाम मान्मबाट २३ कोष टाढा पर्ने खीन, २१ कोष टाढाको धौलागोह सहितका सबै वडामा सडक मार्फत समृद्धि ल्याउन सडकमा बढी लगानी गरिएको गाउँपालिकाले जनाएको छ । पलाँता गाउँपालिका भित्रका विकास निर्माणमा कामहरु अब युद्ध स्तरमा अगाडी बढ्ने गाउँपालिका अध्यक्ष बमले बताउनुभयो । विगत ९ महिनादेखि पलाँता गाउँपालिका भित्र बिभिन्न कारणले विवाद उत्पन्न भइ विकास निर्माणका कामहरु रोकिएका थिए । रोकिएका विकास निर्माणका उक्त कामहरुलाई अब युद्ध स्तरमा अगाडी बढाउन लागिएको अध्यक्ष बमको भनाई छ । जिल्लाको सबैभन्दा विकट पालिकाको रुपमा चिनिएको पलाँतामा स्थानीय सरकार संचालनमा आए देखि पालाँताका नागरिकहरुले सुखको सास फेर्न लागेको भन्दै अध्यक्ष बमले अब यहाँका विकास निर्माणका कामहरु कसैले पनि रोक्न नसकक्ने बताउनुभयो ।

गाउँपालिकामा पछिल्लो समय शिक्षा ,स्वास्थ्य ,बिद्युत ,यातायात , कृषि , सिचाइ र खानेपानी लगायतका योजना निर्माणको योजनाहरु केहि ठाउँमा सम्पन्न भएको र केहि ठाउँमा निरन्तर काम भैरहेकाले अबको केहि समयमा नै सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ । कर्णाली प्रदेश सरकारको सहयोग र गाउँपालिकाको आफ्नो बजेटमा थालिएको विकास निर्माणका कामहरुमा ४५ किलोमिटर सडकको ट्रयाक खोलेर ड्रम माथि गाडी राखेर कर्णाली नदी पार गराई उक्त सडकमा गाडी नियमित रुपमा संचालन भैरहेका छन् । पलाँतामा अहिले निःसुल्क शिक्षा, बत्ती , खानेपानी , सिचाई योग्य जमिनमा पक्कि नहर, पालिकाको सबै वडामा स्वास्थ्य सेवा, फलफुलखेती, पशुपालनमा अनुदान , सुपथ मूल्य पसलमा अनुदान स्वंसेविकाहरुलाई पारिश्रमिक, असाहायलाई उपचार र खाद्यान्न सहयोग जस्ता कामहरुलाई गाउँपालिकाले निरन्तर रुपमा अगाडी बढाएको बमले बताउनुभयो । आन्तरिक पार्टी विवादका कारण पलाँतामा विकास निर्माणका कामहरु अगाडी बढ्न सकेका थिएनन्, गाउँपालिका अध्यक्ष बमले भन्नुभयो । बिभिन्न आरोपहरु लागेर यहाँ सम्म आइयो अब पार्टी र सत्ता एक भएर अगाडी बढ्नुको विकल्प छैन,उहााले भन्नुभयो । गाउँपालिकाले अब एक घर एक धाराको अभियान मार्फत सम्पुर्ण गाउँपालिकावासिमा खानेपानिको सुविधा पुर्याउने योजना बनाएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर पलाँता गाउँपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न नगरपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो ।आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै स्मार्ट सिटीको रुपमा सुनवल नगरपालिकालाई अगाडि बढाउने गाउँपालिका अध्यक्ष बमको योजना छ ।

प्रतिक्रिया दिनुहोस्